
नायक अनमोल केसीको मिडियामा जती चर्चित छन्, उनको चर्चा फेसबुकमा पनि उस्तै हुन्छ । फेसबुकमा अनमोलको पक्ष र विपक्षमा धेरै दर्शकको वादविवाद नै हुन्छ ।
फेसबुकमा अनमोललाई लिएर थुप्रै ट्रोल पनि बनाइएको छ । केही यूवाहरु अनमोललाई यूवती भन्दै फेसबुकमा गिज्याइरहेका पनि हुन्छन् । अनमोल फेसबुकमा राम्रो र नराम्रो तरिकाले चर्चामा रहने नेपाली स्टार हुन् । हुनत, यस्ता ट्रोलहरु बलिउड र हलिउडका कलाकारको नाममा पनि नबनेका होइनन् ।
फेसबुकमा तपाइलाई लिएर मजाक बनाउनेहरुलाई के भन्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अनमोलले भने-‘चर्चा हुने भनेकै हिट मान्छेको हो । म मेरो ट्रोल बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो अझै पनि यसरी मजाक उडाउँदै जानुहोस् । अल द बेष्ट ।’
अनमोलले आफूलाई राम्रो र नराम्रो भन्नेहरुकै कारण आफू चर्चित भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4