Comments Add Comment

इञ्जिनियर घुससहित रंगेहात पक्राऊ

Ramdulare-Sharan-Vagat६ साउन, घोराही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न नियन्त्रण प्रकोप डिभिजन कार्यालय लमहीका एक इञ्जिनियरलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट आएको टोलीले इञ्जिनियर रामदुलारे शरण भगतलाई बिहीबार बिहान उनकै क्वाटरबाट घुससहित पक्राउ गरेको हो ।

एसपी दिपक थापाका अनुसार भगतको साथबाट एक लाख ५७ हजार रुपैयाँ घुस बरामद भएको छ । भगतमाथि थप अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए ।

गोबरडिहा गाविस-८ खहरे भालुखोला भन्ने स्थानमा ग्याबिन तार जाली भर्ने कार्यका लागि निजले दर्शन निर्माण सेवा लालमटिया-८ का प्रोपाइटर प्रकाश शाही र निजबाट अख्तियारप्राप्त कल्याण अधिकारीबाट घुस लिएका थिए ।

उक्त कार्य १७ लाख ९३ हजार ६ सयमा सम्पन्न भएको र इञ्जिनियर शाहले १५ प्रतिशत रकम माग गरेका थिए । तर बार्गेनिङको क्रममा १० प्रतिशत रकम लिएको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले उनको डेरामा छापा मारेर घुस रकम बरामद गरेको एसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment