नायक दयाहाङ राइलाई आफू कती केजी कम भए भन्ने नै थाहा छैन । उनी चलचित्र ‘वीर विक्रम’का लागि केही घटेका छन् । दयाले काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आफूले केही तौल घटाएको भएपनि कती हो भन्ने थाहा नभएको बताए । दयाले भने-‘म त्यो भन्दा अगाडि कती थिएँ भन्ने नै मलाई थाहा छैन । तर, केही केजी घटेको भने पक्कै हो । ७५ केजीबाट उकालो लागेपछि आफूले जोख्न नै छाड्ने उनको भनाई थियो ।’
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसलाई चलचित्र ‘कबड्डी’ जस्तो भनेर पनि तुलना गरिएको थियो । तर, दयाहाङले यो कुरा ठाडै अस्विकार गरिदिएका छन् । उनले भने-‘कबड्डी’मा पनि म भएकाले त्यस्तो लागेको हुनसक्छ । यो एउटा गाउँमा खिचिएको चलचित्र हो । तर, ‘वीर विक्रम’ ‘कबड्डी’ जस्तो कतैबाट पनि छैन ।’
निर्देशक मिलन चाम्सले आफूले चलचित्रको बारेमा अहिले केही नबोल्ने भन्दै भदौ ३ गतेपछि सबै थाहा हुने बताए । उनले आफू सधै नै नयाँ प्रयोगमा लाग्ने भएकाले यसपटक पनि दर्शकले चलचित्रमा केही फरक स्वाद पाउने बताए ।
चलचित्रका नायक अनुपविक्रम शाहीले पनि ‘वीर विक्रम’ उत्कृष्ट बनेको बताए । अर्का कलाकार अर्पण थापाले हाँस्य भूमिकामा देखिनु आफ्ना लागि नयाँ भएको बताए । कलाकार नाजिर हुसेनले आफूलाई अफर आएको भूमिका राम्रोसँग गर्ने भन्दै अन्य ३ कलाकारसँग काम गर्दा चुनौती भन्दा पनि अवसर महशुश गरेको बताए ।
यम थापाको कथा, ताराप्रकाश लिम्बुको संगीत रहेको यो चलचित्रको हङकङ र बेलायतमा शो भैसकेको छ । दर्शकले विदेशमा आयोजित शोमा चलचित्रलाई अत्याधिक रुचाएका थिए ।
कार्यक्रममा चलचित्रको अडियो विमोचन पनि गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइसागै चलचित्रका कलाकारले अडियो विमोचन गरेका थिए । चलचित्रमा ३ गीत समावेश छ । कार्यक्रममा गायक राजेशपायल राई, कोरियोग्राफर रेनशा राई पनि उपस्थित थिए ।
प्रतिक्रिया 4