Comments Add Comment

नारायणी नदीमा भीषण बाढी, सतर्क रहन स्थानीयलाई आग्रह

मध्यरातमा नदीले चेतावनी लेवल नाघ्यो

narayani_badi८ साउन, नवलपरासी । लगातार परेको पानीसंगै नारायणी नदीमा भीषण बाढी आएको छ । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । अहिले विहान पानीको सतह केही घटेको छ ।

नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिटर पुगेका चेतावनी लेवल मानिन्छ । चेतावनीको संकेत नाघेसंगै नवलपरासीको गण्डक ब्यारेज र त्यस आसपासका क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।

naharनदीमा पानीको सतह ८ दशमबल ४ मिटर पुगेको खण्डमा पुरै खतरा मानिन्छ । नदी आसपासका बस्ती एवम् बासिन्दालाई सुरक्षित स्थानमा सार्न काम गरिन्छ ।  पहाडी क्षेत्रमा पानी अझै परिरहेकोले नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।

पन्तका अनुसार प्रहरी तथा सुरक्षाकर्मीले स्थानीय क्षेत्रमा माइकिङ्ग समेत गरेको छ ।

विगत तीन दिनदेखि नवलपरासीको गण्डक व्यारेजको बि ग्यापको ठोकर नं. १३ मा नदीले क्षति पुर्याउन शुरु गरेकोमा शुक्रबार अझ बढी कटान गरेको छ ।

शुक्रबार ठोकर नं. १३ को २५ प्रतिशत कटान गरेको स्थानीयले जनाएका छन् । सुरक्षाकर्मीले खतरा हुन सक्ने भन्दै सतर्क रहन स्थानीयलाई आग्रह गरेपछि कतिपय घर छाडेर सुरक्षित गन्तव्य तर्फ लाग्न थालेका छन् ।  विहानदेखि नारायणी नदीमा पानीको सतह बढेको हो ।

ठोकर फुटे नर्सही, पक्लिहवा, गुठी प्रसौनी, गुठी सूर्यपुरा, लगायत नवलपरासीका दक्षिणी भेगका १ दर्जन भन्दा बढी गाविसहरु डुवानमा पर्नेछन् ।

ठोकर कटान रोक्नका लागि भारतीय सिंचाई विभागका कर्मचारीहरुले  तार जालीमा ढुङ्गा भर्ने काम गरिरहेका छन् । नदीमा पानीको सतह नाघेसंगै स्थानीयले एक अर्कामा फोन, एसएमएस मार्फत सर्तक रहन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment