Comments Add Comment

प्रस्तावित ११ न्यायाधीश सर्वसम्मत अनुमोदित

Sarboccha-Adalat

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

एमालेका एक पूर्वसभासद र एमाले नेतृत्वको सरकारमा महान्यायाधिवक्ताबारे टिप्पणी र आलोचना भएपनि आइतबार बसेको सुनुवाई समितिको बैठकले प्रस्ताव ११ न्यायाधीशकै नाम अनुमोदन गरेको छ ।

सपना मल्ल प्रधान एमालेका पूर्व सभासद हुन् भने हरिकृष्ण कार्की एमालेबाट बार अध्यक्ष हुँदै केपी ओली सरकारको महान्यायाधिवक्ता बनेका थिए । सुनुवाईका क्रममा सत्ता समिकरण फेरबदल भएपछि दुई तिहाईले सिफारिस उल्टाउने हो कि भन्ने आशंका समेत उब्जिएको थियो ।

तर, संसदीय ससितिले सबैको नाम अनुमोदन गरेको समिति सदस्य अनिता परियारले जानकारी दिइन् ।

अब उनीहरुको नियुक्तिका लागि बाटो खुलेको छ । न्याय परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment