Comments Add Comment

यस्तो बस, जसको मुनिबाट कार कुँद्छन्

train_china

चीनको हेबेइ प्रान्तमा यस्तो बसको परीक्षण गरिएको छ जो यति विशाल छ की यसको मुनिबाटै कारहरु दौडिन्छन् ।

यो बस दुइ मिटर अग्लो ट्रान्जिट एलिभेटड बस अर्थात् टिइबी हो । यो बिजुलीको सहायताले चल्दछ । यसमा एकपटक ३ सय जना यात्रु सवार हुन सक्छन् ।

यो बस ७२ फिट लामो तथा २५ फिट चौडा रहेको छ । ३ सय मिटर लामो ट्रयाकमा बसको ट्रायल गरिएको छ ।

आम सडकमा यसका लागि लगाइएका लिकमा यसको गति साठी किलोमिटर प्रति घण्टा हुने अपेक्षा गरिएको छ । चारवटा बस सम्मलाई एकसाथ जोडेर चलाउन सकिन्छ ।

यो बस तयार गर्ने परियोजनाका इन्जिनियर सांग युजेले यो वर्षको सुरुवातमा सिन्ह्वा समाचार एजेन्सीसँग भनेका थिए, यो बसको सबैभन्दा ठूलो फाइदा भनेकै सडकमा अन्य गाडीहरुका लागि यसले प्रसस्त ठाउँ छाड्नेछ ।

यो बस बनाउने कम्पनीका अनुसार अन्य ४० वटा सामान्य बसको क्षमता बराबर यो एकवटा बसको क्षमता रहेको हुन्छ ।

तर चीनका सहरहरुमा यो बस आम रुपमा कहिलेदेखि संचालन हुन्छ भन्ने चाहीँ केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment