+
+
Shares

जनसम्पर्क समिति जापानको मतगणना सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १३ गते ७:२१

जापान । नेपाली जनसम्पर्क समिति जापानको  को मतगणना सम्पन्न भएको छ ।

मत गणना अनुसार अध्यक्षमा डिपी कडेल विजयी भए । उनले ३४६ मत प्राप्त गरे । अर्का अध्यक्षका उमेदवार रोशन केसीले ३९ मत ल्याएका थिए । केसी पक्षले मतदान वहिष्कार गरेका थिए ।

dp_japanनिर्वाचन कमिटी का संयोजक ले राजिनामा दिएको अवस्थामा संयोजक को राजिनामा स्विकृत भईनसकेको ले निर्वाचन कमिटी का सदस्य बिनोद खनाल को उपस्थीती महाधीबेशन प्रतीनिधीहरु, सुबास लोहनी, पासाङ शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि तथा काउन्शील सदस्य कपिलदेब थापा लगायतका व्यक्तिहरुको उपस्थितिमा मतगणना सम्पन्न भएको हो ।

महामन्त्री तर्फ रामजँग कार्की ले ३३७ मत प्राप्त गरेर भने  रेशम डंगोल ले ४१ मत प्राप्त गरे । कोषाध्यक्ष तर्फ बाबुराम सापकोटा ले ३४० मत प्राप्त गरी बिजयी भए ।

सदस्य तर्फ दुबै प्यानल को तिब्र प्रतीस्प्रधा देखीएपनि डिपी कडेल प्यानल कै पुरै सदस्यहरु बिजयी भएका छन् । जसमा खुल्ला तर्फबाट राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्की बिजयी  छन् । महिला तर्फबाट

नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमीरे, सुस्मा लामा, गितादेबी कँडेल बिजयी भएका छन्। त्यस्तै जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामा बिजयी भएका छन् । रोशन केसी प्यानल बाट पनि सदस्यहरु मा टिकाराम खरेल,धुर्व बस्नेत,रामशरण रेग्मी,सुजन जोशी,बिष्नु अर्याल लगायत ले सम्मान जनक  मत प्राप्त गरे ।

बिजयी उमेदवारहरु लाई अर्को महिना नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्तिथिमा घोषणा सभा तथा  प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?