+
+
Shares

चन्द्रमामा पाइला टेकेका बज एड्रिन नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते ८:०९

२० भदौ, काठमाडौं । चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन आज नेपाल आउँदै छन् ।

Buzz-Aldrinउनले मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँन दिन नेपालमा रहनेछ । मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ  लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि छन् ।

अल्डि्रनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्रिर्यामा आफ्ना अनुभव राख्नेछन् ।

सन् १९६९मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा नासाको टोली चन्द्रमामा पुगेको थियो ।

टोलीमा ब्रज अल्डि्रन र माइकल कोलिन पनि थिए । तीन यात्रीमध्ये निल आर्मस्ट्रङको निधन भइसकेको छ भने एल्ड्रिन र माइकल जीवित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?