Comments Add Comment

पवित्राको पीडाः पहिरोले घर लग्यो, द्वन्द्वले श्रीमान !

ताप्लेजुङका पहिरोपीडितको प्रश्नः अब कहाँ जाने ?

pahiro taplejung2२० भदौ, ताप्लेजुङ । पहिरोले घरसँगै खेतबारीसमेत बगाएपछि भागेर ज्यान जोगाएकी ताप्लेजुङ नगरपालिका-८ की पवित्रा मगरलाई राहत सामाग्रीभन्दा बढी पुनर्वासको चिन्ताले सताउन थालेको छ ।

‘एक दुई दिन त विपत व्यवस्थापन समितिले राखेको ठाउँमा बसौंला, खाऔंला, तर अब फर्किएर कहाँ जाने ?’ उनी भन्छिन्- ‘न घर बनाउने जग्गा छ, न त गरीखाने खेतबारी नै । ओरालो लागेको मृगलाई बाछाले पनि खेदाउँछ भन्थे, अहिले त्यस्तै भयो ।’

पहिरो जाँदा दुई छोराका साथ भागेर ज्यान जोगाएकी पवित्रा गहभरि आँसु बनाउँदै आफ्नो व्यथा सुनाउँछिन्- ‘पहिले द्वन्द्वकालमा श्रीमानको हत्या भयो, त्यसपछि आएको भूकम्पले घर भत्कायो, छोराले विदेशबाट पठाएको केही पैसाले बल्ल-तल्ल घर बनाएँ, त्यो पनि पहिरोले बगायो । अहिले मान्छे मात्रै बाँचिएको छ ।’

Pahiro pidit 2मगरजस्तै ताप्लेजुङ नगरपालिका-८ का करीब १२ घर परिवारको फर्किएर पुनः गरीखाने स्थानसँगै आफ्नो वासस्थान पूर्णरुपमा गुमाएका छन् । उनीहरुको घर र बारी पहिरोले पूर्ण रुपमा बगाएको छ ।
अहिले घर पूर्ण र आंसिकरुपमा क्षति भएका ताप्लेजुङ नगरपालिका-८ का ४५ परिवारलाई नजिकै रहेको विद्यालयमा कोचाकोच गरेर आश्रय लिइरहेका छन् ।

पहिरो पीडितलाई राहत

पहिरोबाट ज्यान गुमाएका ४ जनाका परिवारसहित घर क्ष्ति भएका ४० परिवारलाई सरकारको तर्फबाट राहत वितरण गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिले आइतबार मृत्यु भएका चार जनाका परिवारलाई एक/एक लाखका दरले नगद प्रदान गर्नुको साथै घर पूर्णरुपमा क्षति भएका १२ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिएका छन् ।

आंशिकरुपमा घरमा क्षति पुगेका २८ परिवारलाई प्रतिपरिवार ५ हजारका दरले राहत वितरण गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

Rahat bitaranराहत रकम संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पीडितहरुलाई वितरण गरेका थिए ।

यसैवीच नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले प्रतिपरिवार १/१ बोरा चामल, वीरेन्द्रचोक महिला समूहले घर पूरै क्षति भएकालाई नगद एक/एक हजार प्रदान गरेका छन् । त्यस्तै आंशिकरुपमा घर क्षति भएका परिवारलाई वीरेन्द्रचोक महिला समूहले पाँच/पाँच सयका दरले राहत वितरण गरेको छ ।

pahiro taplejung

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment