Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड एक महिनामा दुईचोटि भारत जाने !

 

Prachand-and-Narendra-Modi

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज अन्तिम साता फेरि भारत जाने सम्भावना बढेको छ । उनी भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् ।

तर, भारत भ्रमणबाट फर्किएको एक महिनाभित्रै अर्को भ्रमण गर्ने तयारी छ । अक्टोबर १५-१६ (असोज २९-३०) मा भारतको गोआमा भारतले ब्रिक्स सम्मेलनको आयोजना गर्दैछ । र, यो सम्मेलनमा विमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुलाई पनि निम्तो दिइएको छ । जहाँ, प्रचण्ड पनि निम्त्याइएका छन् ।

भारतीय विदेश मन्त्रालयका चिफ प्रोटोकल अफिसर सञ्जय वर्माले ब्रिक्स सम्मेलनमा ११ देशका सरकार तथा राष्ट्र प्रमुखसहित ८०० प्रतिनिधि गोआ आउने पक्का भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डका विदेश मामिला सल्लाहकार ऋषि अधिकारीले नेपाललाई पनि ब्रिक्स सम्मेलनको निम्तो आएको स्वीकार गरे । उनले अघि भने, त्यहाँ प्रधानमन्त्री जाने, नजाने केही दिनमै निर्णय हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment