+
+
Shares

गृहमन्त्री निधिको ‘आदेश नमान्दा’ एसपी सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते ६:५५

Bimalendra-Nidhi३ असोज, काठमाडौं । झैझगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन् ।

गृहमन्त्री निधिकै निर्देशनमा फुलगामा इलाका प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र ठाकुर पनि फिर्ता भएका छन् ।  ठाकुर ढल्के इलाका प्रहरीमा तानिएका छन् ।

‘कुटपिटमा संलग्न आफ्ना कार्यकर्ता छुटाउन गृहमन्त्रीको दबाब आएको थियो,’ प्रहरी स्रोतले भन्यो,’ आफ्नो आदेश नमाने माथिकै अधिकारालाई कारबाही गर्ने चेतावनी दिएपछि बाध्य भएर एसपी फिर्ता गरिएको हो ।’

गृहमन्त्रीले कार्यभार सम्हाल्दै गर्दा सुरक्षा अधिकारीलाई निर्देशन दिँदै गलत हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएका आजको कारोबार दैनिकमा समाचार छ ।

फुलगामाका नेकपा एमालेका एक कार्यकर्ता इन्द्रकान्त रायलाई कुटपिट गर्ने नेपाली कांग्रेसका रामचन्द्र रायलाई पक्राउ नगर्न निधिले निर्देशन दिएका थिए ।

तर, धनुषा प्रहरी प्रमुख जोशीलको निर्देशनअनुरुप ठाकुरले आरोपित राचन्द्रलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?