Comments Add Comment

ब्यारेकभित्र बली प्रथाः नेपाली सेनाले यसरी मनाउँछ दशैं

गोरखाको फूलपाती काठमाडौं भित्र्याउँदा हर्षबढाइँ !

Fulpati ko Tayari, Nepal Army (1)२२ असोज, काठमाडौं । नेपालमा दशैं मनाउने हरेक समुदायहरुको फरक-फरक शैली र परम्परा छ । र, नेपाली सेनाको पनि आफ्नै किसिमको परम्परा छ । बाहिरबाट हेर्दा सेनाले मनाउने दशैं पनि सामान्यजस्तै देखिए पनि उसको शैली भने अलि मौलिक एवं ऐतिहासिक छ । नेपाली सेनाले आफ्ना हरेक ब्यारेकहरुमा आफ्नै परम्परा अनुसार दशैं मनाउने गरेको छ ।

हनुमानढोकामा जमरा

हनुमानढोका नेपाली सेनाका लागि दशैंमा विषेश महत्वको स्थान हो । सेनाको निशानीदेखि कोत अड्डासमेत हनुमानढोकामै छ । जसमा सेनाले हरेक दशैंमा विषेश पूजा गर्ने गरेको छ ।

घटस्थापनाका दिन हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखेपछि सेनाको दशैं सुरु हुन्छ । दशैं घरको सुरक्षाका लागि त्यहाँ सेनाको एउटा टोली खटाइन्छ ।

दशैंको जमरा राखेका दिन नै बोकाको बली दिएर पूजा गर्नुपर्ने परम्परा छ । त्यसरी चढाइएको बोको दशैं घरमा कार्यरत कर्मचारीहरुले खाने प्रचलन छ ।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीका अनुसार  हनुमानढोकामा दशैंमा हुने हरेक गतिविधि र सुरक्षा लागि नजिकै रहेको शार्दुलजङ्ग गुल्मका सेनाहरु खटिने गरेका छन् ।

शार्दुलजङ्ग गुल्म मल्लकालीन सैनिक गुल्म हो । यसलाई पृथ्वीनारायण शाहले निरन्तरता दिएका हुन् । यसको मुख्य जिम्मेवारी नै हनुमानढोकामा रहेका सबै परम्पराहरुको संरक्षण गर्नु हो ।

हनुमानढोकामा खटिने सेनाहरु नियमित सैनिक पोशाकमा देखिँदैनन् । उनीहरु मल्लकालीन शैलीको कालो कपडा र टाउकोमा कालै टोप लगाएर बस्ने गर्छन् ।

गोरखाबाट ल्याइन्छ फूलपाती

फूलपातीका दिन हनुमानढोकामा सेनाको विषेश भूमिका रहने गरेको छ । परम्पराअनुसार गोरखाबाट ल्याइएको फूलपाती सेनाले हनुमानढोकामा भित्र्याउँछन् ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन शुरु भएको हो, जुन अहिले गणतन्त्र आउँदासम्म जारी छ ।

fulpati--5गोरखाबाट एउटा टोलीले फूलपाती बोकेर धादिङको जीवनपुरसम्म ल्याउँछ । त्यहाँ हनुमानढोकाबाट हेराचाह अड्डाको अर्को टोली पुग्छ । उनीहरुले जीवनपुरबाट जमलसम्म फूलपाती ल्याउँछन् । र, सेनाको टोलीले जमलबाट त्यो फूलपाती हनुमानढोकामा भित्र्याउँछन् ।

सेनाको टोलीले जमलबाट विषेश हर्षबढाइँ तथा बाजागाजासहित फूलपाती हनुमानढोकासम्म लैजान्छ । यो काम नेपाली सेनाको शार्दुलजङ्ग गुल्मले नै गर्छ ।

फूलपाती भित्र्याउने यो अवसरमा सेनाको एक टुकुडीले टुँडीखेलमा बढाइँ दिने प्रचलन छ । यो कार्यक्रममा राष्ट्रप्रमुखको हैसियतमा राजा सहभागी हुने परम्परा थियो । तर, गणतन्त्र आएसँगै राष्ट्रपतिले फूलपातीको बढाइँमा सहभागिता जनाउने प्रचलन छ ।

सैनिक प्रवक्ता ताराबहादुर कार्की भन्छन्- ‘फूलपाती हरेक वर्ष सेनाको सहभागितामा भित्र्याउने परम्परा छ र त्यही अवसरमा फूलपाती बढाइँ गर्ने इतिहास अहिलेसम्म कायमै छ ।’

यसरी सेनाले बढाइँ दिन थालेको कति भयो भन्ने यकिन हुन सकेको छैन । तर, यो छुट्टै ऐतिहासिक संस्कारलाई सेनाले जोगाइराखेको प्रवक्ता कार्की बताउँछन् । यो प्रचलन पृथ्वीनारायण शाहका पालादेखि नै शुरु भएको बताइने गरेको छ ।

अष्टमीमा मूलकोत पूजा र बली प्रथा

नेपाली सेनाले अष्टमीका दिन हनुमाढोकामा रहेको मूलकोतमा पूजा गर्ने गरेको छ । सेनाका विभिन्न हतियारसमेत राखिएको मूलकोतमा बली दिएर पूजा गर्ने गरिएको छ ।

महाअष्टमीका दिन सेनाले तलेजु मन्दिरमा समेत बली दिने गरेको छ । त्यस्तै आफ्नो ब्यारेकभित्रका मौलोहरुमा पनि सेनाले बली दिने परम्परा छ ।

KTM Dashain (13)नेपाली सेनाले बली दिन ल्याउने राँगा तथा बोकाहरुको व्यवस्थापन छुट्टै गुल्मले गर्छ । बलीका लागि ल्याइएने राँगा तथा बोकाहरु कुनै चोटपटक नलागेको हुनुपर्ने  नियम छ ।

अष्टमीको दिन सेनाका हरेक ब्यारेकका मौलामा बली दिने परम्परा छ । यो क्रम महानवमीको दिन पनि चल्छ । मौलामा बली दिइने जनावरको मार हान्न सेनाले विशेष व्यक्तिहरु खटाउँछ ।

नेपाली सेनाका देशैभरि रहेका गुल्म तथा गणहरुका फरक-फरक निशानीहरु छन् । ती हरेक निशानीहरुमा बली दिनुपर्ने सैनिक परम्परा छ । हनुमानढोकामा  राखिएको निशानीलाई प्रधानसेनापतिले पूजा  गरेपछि बली दिइन्छ भने उपत्यका बाहिरका ब्यारेकहरुमा रहेका निशानीहरुमा सम्बन्धित युनिट प्रमुखले गर्ने गर्छन् ।

सेनाले विभिन्न हिन्दू देवीदेवतालाई मानेर फरक-फरक गण, गुल्म अनुसार फरक- फरक निशानीहरु बनाएका छन् । केही निशानीहरु यस्ता छन् कि तिनलाई हनुमानढोकाबाट अन्यत्रै सार्नै नमिल्ने मान्यता छ ।

त्यसो त सेनाका हरेक ब्यारेकमा साइत हेर्ने र पूजा गर्ने पुजारीहरु पनि राखिएका हुन्छन् । उनीहरु पनि सैनिक नै हुन् ।

इच्छुकले आफ्ना हाकिमबाट टिका लगाउन सक्ने छन

टीकाको दिन सेनाले ड्युटी समय हेरेर आफ्ना कर्मचारीलाई विदा दिने गरेको छ । विदामा नबसेकाहरुलाई ड्युटीको समय हेरेर आफ्ना हाकिमबाट इच्छाअनुसार टीका  लगाउन सक्छन् ।

यता काठमाडौंमा भने प्रधानसेनापतीको हातबाट टीका लगाउने परम्परा छ । समयअनुसार कसैले टीकाकै दिन र कतिपय अवस्थामा टीका भन्दापछिका दिनमा पनि प्रधानसेनापतिले टीका लगाइदिने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment