Comments Add Comment

प्रकाश दाहाल भन्छन्- मैले फेसबुकमा लेखेको ठीक छ

'त्रिपक्षीय वार्ताबारे भारतीय अधिकारीले थाहा पाएनन्'

Prakash dahal१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाश दाहालले त्रिदेशीय वार्ताबारे आफूले फेसबुकमा लेखेको स्टाटस सही भएको बताएका छन् ।

भारतको गोवामै रहेका प्रचण्ड पुत्र दाहालले टेलिफोनमा भने,’मैले आफ्नो फेसबुकमा कुनै गलत कुरो लेखेको छैन । तीन देशका नेताहरुवीच ‘द्विपक्षीय’ सम्झौता भएको होइन, अनौपचारिक भेटघाट मात्रै भएको हो र मैले यही यथार्थ कुरो फेसबुकमा लेखेको छु ।’

फेसबुकमा राखिएको सी जिन पिङ र मोदीसँग प्रधानमन्त्रीले गरेको भेटको तस्वीर आफूले सल्लाह गरेर नै पोष्ट गरेको दाहालले बताए । उनले भने ‘त्यो तस्वीर मैले आफूूखुशी पोष्ट गरेको हैन, सल्लाह गरेकै फेसबुकमा हालेको हुँ । र, यो कुनै केटाकेटी काम होइन ।’

नेपालका प्रधानमन्त्रीसँग मोदी र सी जिनपिङले गरेको त्रिपक्षीय कुराकानी अत्यन्तै महत्वपूर्ण भएको दाहालले बताए । त्यति महत्वपूर्ण वार्ता र कुराकानीलाई महत्व दिनुपर्नेमा सानातिना कुरातिर मिडियाले चासो दिएको प्रकाशको गुनासो छ ।

साथै तस्वीरमा देखिएको सीता दाहालको झोलाबारे मिडियाले चर्चा गरेकोमा चित्त दुखाउँदै प्रकाशले भने- ‘बस स्टेसनमा जाँदा गाडी कुर्नुपर्‍यो भने आफूसँग भएको झोला कहाँ राख्ने ? यो पनि त्यस्तै हो ।’प्रकाशका अनुसार कार्गेट चलिरहेका बेला त्यहाँ प्रधानमन्त्री प्रचण्डले करिब ५० मिनेटजति कुर्नुपरेको थियो । र, यही क्रममा तीन नेतावीच त्रिपक्षीय अनौपचारिक तर महत्वपूर्ण कुराकानी  भएको थियो । यो महत्वपूर्ण कुराकानीबारे भारतीय विदेश मन्त्रालयका अधिकारीलाई समेत थाहा नभएको प्रकाशले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment