+
+

कविता – लक्ष्मीप्रसाद देवकोटा

गणेशप्रसाद दवाडी गणेशप्रसाद दवाडी
२०७३ कात्तिक १४ गते ९:०२

सिर्जना भई आउँछन् देव , छेकिन्नन् देवकोटा

रिक्तिनन् लेखी कहिल्यै पनि देवका कविता

छोटा र लामा, कथा नै हाली गाउँछु देवकोटा

फड्काई जिब्रो स्वादले तानी, खाउ है कविता !!

 

ganesh-prashad-dawadiदेवका गीत, सुनेर जन, जुरुक्क उठेका

प्रज्ञाको तन्त्र, सहित मन्त्र, नेपाली जुटेका

छोडन हुन्न , देवर्षी रच्न , आकाश उचालूँ

देवका गीत , मादलसित, धरती घन्काउँ !!

 

फुलाई देश सम्याई केश , कालाज बीचनी

मानव बनाई , उठार्इ दिए , ठानेका नीचलाई

भाषाको बास्ना, उनकै काया , भएर मौलायो

कोदाली भयो, उनको कलम , नेपाल उचाल्यो !!

 

देवले बोले, गाउदै क्रान्ति, युगवाणी गीत

चेतनशील भई, जनता जागे, लगाउँदै मीत

कुरीति मास्न, बेथीति छास्न, यात्रीको रचना

पागल देखि पागललाई भरदिन्छन् चेतना !!

 

भाषा नै मुटु , कविको प्राण , भाषा नै जीवन

भाषा नै खाए , भाषा नै लाए, भाषा कै सीतन

खिसी  र ट्युरी,  जो गर्थे उनको कविमा भए रागे

पौठी र जोरी , खेल्दछु भन्ने, देखेरै लौ भागे !!

 

जन्मिइन् मुना, हिमालबाट, मदन पाउबाट

‘गरीब’को थर, विशाल घर , सुत्नलाई देश खाट

उद्धेश्य लिनु, इन्दु्लाई छुनु देवको कल्पना

आउन देव, एकफेर बसूँ, यही सुन्दर नेपालाँ !!

 

सातफेरै नेपाल, नजन्मियोस किन लक्ष्मी हराउन्नन्

भर जीवन पढ्दा , तिमीलाई देव , कोही नै अघाउन्नन्

रोपेर दशै, दिनमा फुल्ने, देव हुन् वन फूल

तीन महिनाभित्र, चित्र विचित्र, सरिताकै मूल !!

 

देवको माथ, काव्यको रस , हिमालझै रसाउने

साहित्य  सुधा , सिञ्चित गर्ने , अविरल झर्ने

विश्व सामु , नेपाललाई , चिनाउने कवि

वाङमयका, सम्राट कवि, उदाएका रवि !!

 

गौरव राख्न, नेपाल निम्ति चुकेनन देवकोटा

पहाडी वनका , ऐसेलु दाना , स्वादिला देवकोटा

देखाए पथ, नेपाली सबलाई, सरसरती हिड्नलाई

सिकाए गीत, कविता सबलाई खरखरती पढ्नलाई !!

एउटै बोझ, गह्रुंगो अनि , हलुङगो दुवै छ

माफिक जिब्रो , स्वादिलो हुने, अनौठो जीवै छ

चाखौ है साथी , देवका कृति नगरी अबेर

भगाउँ क्लेश , भित्राउँ चेत, साझ र सबेर !!

 

माता हुन् तिम्री महाकाव्य चै, निबन्ध हो घर

प्रबन्ध चाहिँ, मावली भयो, खण्डकाव्य थर

मातावली नी, सावित्रीवान, ससुराली चम्पा

झन् काव्यरस, उर भो तिम्रो , लौ ठूलो त्यो घ्याम्पा !!

 

आख्यान धनी, कथामा जाने , के कमी समिक्षा

चौतर्फी ध्यान, झ्याउरेमा झन , के गरौ लौ व्याख्या

नचुम्या छैन , वाहु्पासले कतै , उर्वर फाँटले

समेटी ज्ञान , उज्जवल दिव्य , जगत आशले !!

 

मिल्टन गेटे, अरस्तु भरत, मम्मट फराडे

बनाई थियो, घुमाई दाई, गर्दछन् सराद्धे

रत्तिभर छैन, कतै नै शेष , देव हुन विश्वकोष

धन्य छन्, देव, लिएर जन्म, नेपालका दिव्य आश !!

 

माता रहिछिन्, कोखमा लिने, कति भाग्य मानी

वास लिएर, नेपाल भित्र, कान्तिपुरका खानी

बाला उमेर, हाँस्दै खेली, डिल्ली बजारैमा

पाइ नसक्ना,  भयौ हजुर, लाखौ अरबौंमा !!

 

पुन्य होस माता,  नेपाल विषे, जुग जुग बाँचेर

सिरानी लाई, हिमाल सुत, तराई नाचेर

साच्चै नै देव, गुनिला छन्, ममता पाई तिम्रो

अलिनोलाई, नुनिला देव, दुष्टलाई झन चाम्रो !!

 

कोखमा राष्ट्र बोकेर भाषा, स्वदेश प्रतीक

कुर्लेर कर्ली, उद्घोष गर्छौ, भाषाका मोहक

बचाई देश, नेपाली भेष , हिमाली शिरताज

उजागर गर्यौ, नेपाली शान , ढाकेर लौ लाज !!

 

ब्रह्माण्ड सबै, जितने तिमी , अति नै सुप्रिय

मानव बीच, हरबखत तिमी, श्रद्धेय श्रद्धेय

उध्रेको सिउने, च्यात्तिए टाल्ने, खराब आफल्ने

करकट कुडा, बेकम्बा लाई , छानेर छिमल्ने !!

 

विषको वृक्ष, त्रासको शिक्षा , उखेली लौ फाल्यौ

नेपाली भाषा , सबैको आशा , गजबको जग हाल्यौ

प्रयास तिमै्र , सफल भयो , जाग्यो है नेपाली

खोलेर ओठ, नेपाली बोले, रहेन काही खाली !!

मलिलो ओठ, गीतमा चोट लहलह त्यो बाली

कहिल्यै कतै, नपाईने तिमी , रसरागले लौ खाली

उर्वर कति, छाति छ तिम्रो , स्वादिला ती फल

ज्यूनार गरी, नसक्ने भइयो , जगत झलमल्ल !!

रहेछ काव्य, राजमार्ग  सयौ, मिटर क्या लामो

सिकारु लाई , दगुर्नलाई, पर्ने छ लौ धामो

निबन्धलाई , निठ्याएर हेरौ , हुनेछ क्या मज्जा

चियाएर हेर्न , खोजन सखी , उड्ने छ है धज्जा !!

दीपक तिमी, नेपाल भित्र , दूरद्रष्टा हिमालका

अनन्त तिमी, भावना सित, स्रष्टा हौ नेपालका

उच्च सगर, हिमशैलमा, चढ्न सिकाउने

हिँडेन ताते, नेपाली लाई गुडन सिकाउने !!

 

जाज्वल्यमान, किरण तिमी, नेपाल नेपालीका

मधेस सिंगै, हिमाल सिंगै, विश्व धरतीका

तिम्लाई छुन, पाउदा मन, जोशले भरिन्छ

विपुल भए पनि, कष्टादिहरु, सहजै तरिन्छ  !!

–जाँते ९ मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?