Comments Add Comment

मुखर्जी नेपाल आउँदा त्रिभुवन विमानस्थल बन्द

कर्मचारीको ड्युटी तालिका परिवर्तन

१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द गरिएको छ ।

TIA-Nepalमुखर्जीको सुरक्षामा ध्यान दिएर उनी आउनुभन्दा पहिले र अवतरण गरिसक्दा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिएको हो ।

मध्यान्ह १२ बजेर १० बजेदेखि १ बजेसम्म विमानस्थल पुरै बन्द भएको त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए ।

मुखर्जी दिउँसो साढे १२ बजे काठमाडौं अवतरण गरेका थिए । उनलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन विमानस्थल जानेछिन् ।

विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्दछ ।

विमानस्थल बन्द गरिएपछि नियमित उडानहरु तालिकाहरु प्रभावित भएका छन् । आन्तरिक तथा वाह्य सबै उडान र अवतरणमा ढिलाइ भएका छन् ।

कर्मचारीको ड्युटी तालिका परिवर्तन

यसैवीच अन्तराष्ट्रिय विमानस्थलमा निजी तथा सरकारी वायुसेवा कम्पनीमा काम गर्ने कर्मचारीको नियमित ड्युटी तालिका परिवर्तन गरिएको छ ।

मुखर्जीको सुरक्षामा ध्यान दिँदै विहानै कार्यालय पुगेका कर्मचारीलाई बिशेष सुरक्षा जाँच गरेर दिनभर आज उनीहरुलाई नै बस्न निर्देशन दिइएको छ । विमानस्थलले तीन दिनसम्म कर्मचारीको नियमित ड्युटी तालिका परिवर्तन गर्न आग्रह गरेको हो ।

मुखर्जीको आगमनलाई ध्यान दिँदै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज सार्बजनिक विदा नै दिएको सरकारले सडकमा सवारी साधन गुडाउन र पैदल हिँड्न समेत रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment