Comments Add Comment

अष्ट्रेलियामा तीन शहरमा नेपाल महोत्सव हुने

अष्ट्रेलिया । अष्ट्रेलियाको बिभिन्न तीन शहरमा यसपटक नेपाल महोत्सव आयोजना गरिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि यहाँका नेपाली समुदाय तयारीमा जुटेका छन् ।

आगामी नोभेम्बर १२ शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा आयोजना हुने महोत्सव करिव २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

nepal-mahotsab-australiaकिङ्ग जर्ज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृति र नेपाली पहिरन तथा झाँकीहरूले बि्रसबेनबासीलाई नेपाल नजिक पुर्‍याउने विश्वास लिइएको छ ।

एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटकको महोत्सव हेर्न लायक हुने यसका संयोजक तथा एनआरएनएका उपाध्यक्ष अभिमानसिंह बस्नेत बताउँछन ।

उनको शब्दमा भन्ने हो भने, महोत्सव नेपाल र नेपाली कलासंस्कृतीको सबैभन्दा ठुलो उत्सब हो । महोत्सवको एक दिन अघि नेपाल र नेपाली कलासंस्कृति झल्काउने नेपाल परेडको आयोजना गरिने र महोत्सवको एक दिनपछि दक्षता अभिबृद्धि र सीप हस्तान्तरण सम्वन्धी एकदिने कार्यशालाकोसमेत आयोजना गरिन लागेको संयोजक बस्नेतले जानकारी दिए ।

अष्ट्रेलियाको सरकारी, गैरसरकारी, अनुसन्धान संस्थाहरु, विश्वविद्यालयमा काम गर्ने विज्ञहरु सम्मिलित उक्त कार्यशालाले नेपालको पुनर्निर्माण र विकासमा योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बस्नेतले बताए ।

एनआरएन अस्ट्रेलियाले आयोजना गर्न लागेको यस कार्यशालामा नेपालको प्रकोप व्यवस्थापन, विद्युतीय सुशासन, पुनर्निर्माण, यातायात ब्यवस्था र सुरक्षा, आमसञ्चार नीति निर्माण लगायतका बिषयमा १ दर्जन बढी कार्यपत्रहरु प्रस्तुत गरिँदैछ ।

महोत्सवको आकर्षकका रुपमा नेपालवाट चर्चित ब्यान्ड कन्दरा र गायक सुगम पोखरेलका साथ अन्जु पन्तले आˆना गायकी प्रस्तुत गर्नेछन् ।

एनआरएनका कोषाध्यक्ष डिला खरेलले यस्ता महोत्सवहरु संसारभरनै गरिनुपर्ने धारणा राखे । ‘बिदेशमा बसेर मुलुकका लागि गर्ने भनेको यो एउटा महत्वपुर्ण काम हो, कम्तीमा चार जना पर्यटक नेपाल पठाउन सक्नुभयो भने मुलुकको पर्यटनमा सघाउ पुग्छ ।’, खरेलले भने ।

यस्तै नोभेम्बर २६ तारिखका दिन सिड्नीको ब्यस्त पर्यटकीय नगरी डार्लिङ हार्वरमा नेपाल महोत्सवको आयोजना गरिँदैछ । करिब पचास हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक दिने यस महोत्सवको तयारी लगभग पूरा भइसकेको यसका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले बताए ।
उनले बिदेशी संचार माध्यमलाई निमन्त्रणा गरेर नेपाल र नेपालीको पहिचान अभिबृद्धीको नौलो प्रयासको थालनी गर्न लागेको बताए । त्यसका लागि जर्मन न्युज एजेन्सी डुचे प्रेशका अस्ट्रेलिया संवादाता सुबेल राजभण्डारीको संयोजकत्वमा सबै अस्ट्रेलियाली प्रेशलाई निम्ता गर्ने काम समेत भैसकेको पोखरेलले बताए ।

यसै गरी मेलवर्नमा भने महोत्सव आउँदो डिसेम्बर १७ मा आयोजना हुनेछ । फेडरेसन स्क्वायरमा आयोजना हुने महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ आयोजना गरिने भएको छ ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्ऽ सिग्देल महोत्सवको आयोजनाले मुलुक चिनाउनुका साथै प्रवासमा हाम्रो कला संस्कृति र पहिचानको रक्षा हुने कुरा बताउँछन् । नेपाल भन्दा बाहिर आयोजना गरिने महोत्सवहरुमा अस्ट्रेलियामा नै संभवत सर्वाधिक सहभािगता रहने ठोकुवा गर्दै अध्यक्ष सुरेन्ऽ भन्छन्, ‘मुलुकको प्रर्वधनका लागि एनआरएनको यो कर्तब्य पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment