+
+
Shares

माओवादीले मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलायो

संविधान संशोधनका विषयमा निर्णय लिने अधिकार प्रचण्डलाई

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ६ गते १०:३४

 

maoist-hq-meeting

६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यही मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलाएको छ ।
सोमबार विहान बसेको केन्द्रीय कार्यालय बैठकले पोलिटव्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले पार्टीको आन्तरिक संगठनबारे छलफल गर्न पोलिटव्यूरो बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यही मंसिर २ गते हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय भेला अनिश्चितकालका लागि स्थगित भएको छ । माओवादीको राष्ट्रिय भेला पटक-पटक मिति तोकिँदै स्थगित हुँदै आएको छ ।

बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा पनि छलफल भएको थियो ।

बैठकले सोमबार बेलुका बस्ने प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?