Comments Add Comment

व्रेकअपको कुरा गर्दा घाउ दुख्छः अनुप, निखिलको व्यक्तित्व ह्यान्डसमः वेनिशा(भिडियो कुराकानी)

benisha-and-anup
जयन श्रेष्ठको निर्माण तथा जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘किङ’ पौष २९ गतेबाट नेपालभर रिलिज हुँदैछ । नायक निखिल उप्रेतीको साथमा यो चलचित्रमा अनुपविक्रम शाही र वेनिशा हमाल पनि मुख्य भूमिकामा छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको मेकिङ र एक्सनको चर्चा सुरु भएको छ । निर्माता जयन श्रेष्ठ चलचित्रको कथावस्तु र मेकिङ दर्शकको चाहना अनुसार तयार पारेको बताउँछन् । सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रलाई लिएर अहिले दर्शकमा उत्सुकता पनि छ ।

अनुप र वेनिशासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा नायक अनुपविक्रम शाही केहि रोमान्टिक देखिए । उनले ‘किङ’मा आफूले गरेको काम, अहिलेसम्मकै उत्कृष्ट भएको बताए । नायक निखिल उप्रेतीसँग काम गर्दाको क्षण निकै रमाइलो भएको उनको भनाई छ ।

‘मस्ती टक’मा मस्तीको कुरा गर्ने क्रममा अनुपले व्रेकअपको कुरा नखोतल्न आग्रह गरे । उनले भने-‘कृपया यो घाउ कोट्याएर फेरि पीडा नदिनुहोस् न ।’ अनुप र पूर्व मिस नेपाल तथा नायिका मलिना जोशीविच केहि समय अगाडि मात्रै व्रेकअप भएको थियो ।

‘मस्ती टक’मा अनुपसँगै जोइन भएकी नायिका वेनिशा हमालले निखिलको व्यक्तित्व राम्रो भएको बताइन् । तपाइलाई निखिल र अनुपमा को ह्यान्डसम लाग्यो भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई त दुबै जना ह्यान्डसम नै लाग्यो । निखिलजीको व्यक्तित्व उच्च छ । अनुपजी ह्यान्डसम हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment