Comments Add Comment

डिभोर्सी पुरुषसँग डेट गर्दैछिन् सोनाक्षी, यी हुन् उनका व्वाइफ्रेन्ड

sonakshi-sinah-buntyबलिउड अभिनेत्री सोनाक्षी सिन्हा सन् २०१२ देखि एक विवाहित पुरुषसँग डेटमा छिन् । बलिउडका अरु थुप्रै नायिकाहरुसँग चक्कर चलाइसकेका यी हुन् बन्टी सजदेह ।

शुरुमा उनीहरुको अफेयरबारे समाचार आउँदा दुवैले यसलाई खण्डन गरेका थिए । तर सोनाक्षी र बन्टी धेरैपटक सँगसँगै भेटिएका छन् । पछिल्लोपटक सोनाक्षीको २९ औं जन्मदिनको पार्टीमा बन्टी देखिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले चाँडै आफ्नो सम्वन्धलाई नयाँ मोड दिँदैछ । २०१७ को फेब्रुअरीमा सोनाक्षी र बन्टीको ईंगेजमेन्ट हुन सक्ने खबर मुम्बई मिररले प्रकाशित गरेको छ ।

सोनाक्षीलाई दुलही बनाउन आँटेका बन्टी को हुन् त ?

बलिउड सुपरस्टार सलमान खानका भाई सोहेल खानकी पत्नी सीमा खानका भाई हुन् बन्टी । उनको अम्बिका चौहानसँग बिवाह भएको थियो । विवाहमा सलमान पनि पुगेका थिए । तर बिहेको चार वर्षपछि उनीहरु अलग्गिए ।

बन्टीको बलिउडका विभिन्न नायिकाहरुसँग अफेयर रह्यो । उनी केही समयसम्म दीया मिर्जासँग डेटमा ।थिए । पछि दीया बन्टीबाट आफैं टाढिएकी थिइन् । दीयापछि बन्टीले नेहा धुपियासँग चक्कर चलाए । नेहापछि सुष्मिता सेनसँग केही समय उनको सम्वन्ध रह्यो ।

बन्टी कर्नरस्टोन नामक एजेन्सीका संस्थापक हुन् । यो एजेन्सीले चर्चित क्रिकेट खेलाडीहरु र बी-टाउनका हस्तिहरुको प्रवन्धन गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment