Comments Add Comment

विद्युत चोरीमा समातिएका कर्मचारी कांग्रेस र एमाले निकट

१६ जनामाथि चोरी र ठगी मुद्दा चलाइँदै

chori
१२ माघ, काठमाडौं । मिटर बिगारेर विद्युत चोरी गरेको आरोपमा पक्राउ गरेका विद्युत प्राधिकरणका कर्मचारीमध्ये केही नेकपा एमाले र कांग्रेसनिकटका कर्मचारी नेताहरु परेका छन् ।

प्राधिकरण डुबाएको अपराधमा समातिएका रत्नपार्कका मिटर रिडर मनिज श्रेष्ठ नेपाली कांग्रेसनिकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष रहेको खुलेको छ ।

त्यसैगरी पक्राउ परेका लगनखेल वितरण केन्द्रका मिटर रिडिङ सुपरभाइजर सूर्यबहादुर थापा एमालेनिकट कर्मचारी युनियनका इकाइ अध्यक्ष रहेको खुलेको छ । यस्तै अर्का कर्मचारी महादेव प्रधान पनि एमालेनिकट कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

१६ जनामाथि चोरी ठगी मुद्दा

यसैवीच उद्योगहरुसँग मिलेर बिजुलीको मिटर उल्टो घुमाउने र कम महसुल देखाएर सरकारलाई ठग्ने काममा संलग्न भएको भन्दै पक्राउ परेका कर्मचारी र व्यापारीहरुलाई नेपाल प्रहरीको अपराध महाशाखाले चोरी र ठगी मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको छ ।

आइतबार पक्राउ गरेका बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्वमेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधानमाथि चोरी एवं ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

फौजदारी मुद्दा लाग्ने १६ जनामा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन् । प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरी मुद्दा चलाइएको छ । त्यस्तै प्रहरीले ब्यापारी कुमार लामा, रमेश चुडाल र भारतीय नागरिकद्वय तपन घोष र परवेज आलमलाई पनि मुद्दा चलाएको छ ।

उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तिमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।

यो पनि पढ्नुस्

विद्युत चोरीको गिरोह भत्काउन एकैपटक २४ सय कर्मचारी सरुवा, कुलमानको कार्यकक्ष घेराऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment