+
+

घुम्न जाउँ, घुम्न जाउँ, घुम्न धुलिखेल…. (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २० गते २०:४०


२० माघ, काठमाडौं । उत्तरमा हिमाली थुम्का र चारैतिर हरिया पहाडको काख । धुलिखेलको यही विशेषता पर्यटक लोभ्याउन पर्याप्त छ ।

बनेपा-बर्दिबास सडक अन्तर्गत विपी लोकमार्गमा पर्ने यो शहर अरनिको लोकमार्गले पनि छुने सुविधायुक्त ठाउँ हो । नेपाल भाषामा धौख्यः भनिने धुलिखेलले धार्मिक, प्राज्ञिक क्षेत्रमा स्थान बनाए पनि मूल रुपमा पर्यटकीय गन्तव्यकै परिचय बनाएको छ ।

खासगरी काठमाडौंबाट नजिकै सबै सरसुविधा भएको प्राकृतिक ठाउँ खोज्नेहरुलाई ३० किलोमिटरको दूरीमा धुलिखेल पर्खिरहेको हुन्छ । बाहृय पर्यटकको विशेष रोजाइमा पर्ने यो क्षेत्रमा छोटो समयको छुट्टी मनाउन राजधानीका कयौं जोडी पनि पुग्ने गर्छन् ।

अझ धेरै गैरसरकारी संस्थाहरुको गोष्ठी र सेमिनार गर्ने नियमित ठाउँ नै हो ।

आरामदायी बास चाहनेहरुका लागि यहाँ दर्जनौं तारे होटल छन् । होटलको झ्यालबाटै हिमालको सौन्दर्यपान गर्न पाइन्छ ।

ग्रामीण परिवेशको मज्जा लिन खोज्नेहरुका लागि पनि यस क्षेत्रमा विकल्प कम छैनन् । उनीहरुले धुलिखेलकै भट्टेडाँडामा खोलिएका होमस्टेमा प्राकृतिक बसाइको आनन्द लिन सक्छन् । यसका साथै वरपर रहेका पाँचखाल, नमोबुद्ध, पनौती, खोपासी, बल्थली जस्ता उपत्यकाले पनि प्राकृतिक तिर्खा मेटाउँछन् ।

धुलिखेलको ऐतिहासिक र सांस्कृतिक पक्ष पनि बलियो छ । यहाँ हरिसिद्धि यात्रा, मकरमेला, बिस्केटजात्रा,नवदुर्गा जात्रा र भगवती जात्रामा श्रद्धालुहरुको निकै भिड लाग्छ । ऐतिहासिक र पुरातात्विक महत्वको हरिसिद्धि मन्दिरले पनि शहरको शोभा बढाएको छ ।

पूर्वी पहाड पनौती खोपासी र कुसादेवी क्षेत्रमा देखिएको घाम छाँया ।

धुलिखेल बजार र पृष्ठभूमिमा लाङ्गटाङ्ग हिमश्रृखला

काठमाडौं विश्वविद्यालयको छात्राबास ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?