+
+
Shares

पदाधिकारीबीच तालमेल नमिल्दा लुम्बिनी गुरुयोजनाको काम एक वर्षसम्म ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते ७:२६

३ फागुन, काठमाडौं । लुम्बिनी विकास कोषका पदाधिकारीबीचको टकराबका कारण लुम्बिनी गुरुयोजनाको काम एक वर्षसम्म ठप्प भएको छ । पूर्ववर्ती सरकारले गुरुयोजना तीन वर्षभित्र सक्न निर्देशन दिएको थियो। तर, निर्देशन दिएको एक वर्षसम्म पनि विकास कोषमा कुनै काम भएको छैन ।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिवबीच तालमेल नमिल्दा काममा अबरोध भएको हो । अहिले नयाँ कोषाध्यक्ष नियुक्त गरिएको छ । पदाधिकारी लुम्बिनी नबस्ने तथा कर्मचारीको पटकपटकको आन्दोलनले गुरुयोजनाको काम समयमा हुन नसकेको हो । तीन दशकअघि सुरु भएको गुरुयोजना झन्डै ८० प्रतिशत मात्रै पूरा भएको छ । अाजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

गुरुयोजनाअन्तर्गतका १६ पूर्वाधारका काम निर्माण गर्न बाँकी छन् । ती योजना पूरा गर्न ५ अर्ब ९० करोड लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र गुरुयोजना सक्ने घोषणा तत्कालीन विकास कोषका अध्यक्ष तथा संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले गरेका थिए । घोषणा गरेको एक वर्षपछि मात्रै गुरुयोजनाको काम एकै साथ गर्न ग्लोबल टेन्डरको तयारी गरिएको छ ।

विकास कोषले गुरुयोजना छिटो सक्न एउटै ठेक्कामार्फत ग्लोबल टेन्डरको तयारी गरेको हो । अर्थ मन्त्रालयले ग्लोबल टेन्डर गरेर आवश्यक सबै रकम एकैपटक उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सबै आयोजनाको डिजाइन र लागत योजना बनाउन कोषलाई निर्देशन दिएकोे कोषका लेखा अधिकृत भीम बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?