+
+

शिवम् सिमेन्टको निःशुल्क ‘निर्माण विज्ञ परामर्श सेवा’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १८:४७


३ फागुन, काठमाडौं । शिवम सिमेन्टले घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगीनिर्माण विशेषज्ञ प्राविधिक टोलीमार्फत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क दिइरहेको छ ।

धेरै ग्राहक एवम् निर्माणकर्ताहरुका निर्माणस्थलहरु सम्म पुर्‍याउने लक्ष्य बोकी “गुणस्तरमा सम्झौता नगरौं” र “मजबुत निर्माण प्रति हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

कम्प्रेशिभ स्ट्रेन्थ को परीक्षण गर्ने, निर्माण कार्यबारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सही तरिकाबारे जानकारी प्राप्त गर्ने तथा आवश्यकता अनुरुप अन्य थप प्राविधिक ज्ञान लगायतका विभिन्न सहयोग लिन आफ्नो निर्माणस्थलमै विज्ञ प्राविधिक टोलीलाई बोलाई विज्ञ सेवा लिन कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीले निःशुल्क सेवालाई शिवम् सिमेन्ट प्रयोग गरी बनाइएका निर्माणस्थलहरु बाहेकका साइटहरुमा पनि उपलब्ध गराएको छ ।

घर-भवन निर्माणको क्षेत्रमा शिवम् समेन्टको तर्फबाट शुरु गरिएको यो “निर्माण विज्ञ परामर्श”सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिनाखर्च निःशुल्क प्राविधिक सेवा प्राप्त गरी गुणस्तरीय निर्माणको लाभ लिन सक्नेछन् ।

यो सेवा टोल फ्री नं. १६६००१२३३२१ वा९८०१५७५५७५ मा कल गरी प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?