+
+
Shares

दाउदकी बहिनी बन्न श्रद्धाको यस्तो मिहिनेत

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ५ गते ११:४८


बलिउडका कलाकारहरुलाई अहिले बायोपिक चलचित्रमा काम गर्ने जोश नै चलेको छ । बायोपिक चलचित्रमा काम गर्ने कलाकारले राम्रो चर्चा पाइरहेका छन् । नायक रणवीर कपुर अहिले अर्का सफल नायक संजय दत्तको बायोपिकमा काम गर्नका लागि दिनरात मिहिनेत गरिरहेका छन् ।

नायिका श्रद्धा कपुर २ चलचित्र निरन्तर असफल भएपछि निराश छिन् । यसैले पनि उनी अहिले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘हसिना- द क्विन अफ मुम्बइ’को तयारीमा छिन् । यो चलचित्रमा उनी अन्डरवल्र्ड डन दाउद इव्राहिमकी बहिनी हसिना पारकरको भूमिकामा देखिदैछिन् ।

हसिनाको १८ देखि ४० बर्षसम्मको उमेरमा उनी देखिनेछिन् । यसका लागि श्रद्धाले खुबै मिहिनेत गरिरहेको भारतीय मिडियामा उल्लेख छ । चलचित्रको सार्वजनिक फस्टलुकमा श्रद्धा हसिनाको ४० बर्षको उमेरका देखिएकी छिन् । यो चलचित्रका लागि उनले तौल बढाइरहेकी छिन् । श्रद्धा आफ्ना अघिल्ला चलचित्रको जस्तो लुक यो चलचित्रमा नदेखियोस् भन्ने चाहन्छिन् । हसिनाको विवादित लाइफस्टाइल भन्दा अहिले श्रद्धाको गेटअपले बढी चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?