+
+
Shares

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते १३:४३

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरलाई बताए ।

लामो समयसम्म स्थगित भएको व्यवस्थापिका संसदको बैठक मंगलबार पनि सूचना टाँस गरेर स्थगित भएलगत्तै प्रधानमन्त्रीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । बैठकमा प्रचण्डले चुनावको मिति घोषणा भइसकेकाले अब चुनावमा होमिन आ-आफ्ना पार्टीका सबै कमिटीहरुलाई निर्देशन जारी गर्न आग्रह गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?