+
+

श्रीमानको फिल्म फ्लप हुँदा करिनाको यस्तो प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १०:२५

नायक श्रीमानको फिल्म फ्लप हुँदा श्रीमती दुखी हुनु स्वभाविकै हो । तर सैफ अली खानको फिल्म रंगुन फ्लप हुँदा करिनाले मन बुझाउने बहाना पाएकी छिन् ।

रंगुनको सफलताबाट आफू चिन्तित नभएको करिना बताउँछिन् । उनलाई त यसैमा खुशी छ कि उनका श्रीमानले यस्तो निर्देशकको फिल्ममा काम गरे जसलाई हमेशा सह्राहना गरिएको छ, चाहे फिल्मले कमाई गरुन् या नगरुन् ।

हालै दिएको एक अन्तरवार्तामा रंगुनको असफलताका विषयमा सोधिएको सवालमा उनले भनिन्, ‘केही फिल्म बक्स अफिसभन्दा टाढा हुन्छन् । विशाल भारद्वाजको फिल्म हमेशा कलात्मक हुन्छ । केही फिल्म कलाकारको प्रशंसाका निम्ति हुन्छन् नकि विजनेसका लागि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?