+
+
Shares

म्याग्दीको नुन खानी अलपत्र

रासस रासस
२०७३ चैत १ गते १०:४५

१ चैत, बेनी (म्याग्दी) । म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ ।

विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो । बिरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र पुरातत्व विभागमा अनुसन्धानका लागि पठाइएको भएपनि अझसम्म त्यसको रिपोर्ट आउन नसकेको स्थानीयवासीले बताएका छन् ।

चार वर्षअघि तातोपानी कुण्ड संरक्षण गर्ने क्रममा डोजरले खनेर तलाउ बनाउँदा नुनिलो पानीको मुहान भेटिएको संरक्षण समितिका सदस्य पूर्ण पाइजाले बताए। असोज–कात्तिकमा पानी जमेर नुन नै बन्ने गरेको पाइजाले बताउनुभयो । नुनिलो तातोपानी अहिले स्थानीयवासीका लागि प्राकृतिक उपचार केन्द्र बन्न थालेको छ ।

नुनपानीमा डुबेपछि घाउ, चोटपटक लागेको र शरीर दुख्ने समस्या निको हुने कुण्डका हेरालु जसबहादुर पाइजाले बताए। म्याग्दीका एक दर्जन स्थानमा तातोपानीको मुहान भए पनि यो मुहानबाट निस्कने पानीमा नुनको मात्रा अत्यधिक पाइएको छ ।

नुन र बिरेनुनको गन्धको मात्रा अत्यधिक रहेकाले सो स्थानमा नुनखानी मात्र नभएर थप स्रोत पनि भेटिन सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?