अहिले यूवा पुस्ता माझ सेल्फी ट्रेण्ड ट्रेण्डिङ छ । कुनैपनि अवसर वा उपलक्ष्यमा आफ्नो क्रियाकलाप, अवस्था र अवस्थितीका बारेमा जानकारी दिने रमाइलो माध्यमका रुपमा सेल्फीलाई लिइन्छ । सामाजिक सञ्जालको बढ्दो उपयोगिता र प्रयोगले यसमा उल्लेख्य भुमिका खेलेको छ । यही ट्रेण्डलाई पछ्याउँदै मोबाइल निर्माता कम्पनीहरुले नयाँ मोबाइल निर्माण गर्दा क्यामेराको गुणस्तर र प्रदर्शनीलाई विशेष महत्व दिन थालेका छन् ।
मोबाइल फोनका क्यामेराको कुरा गर्दा स्वभाविक रुपमा हाम्रो दिमागमा आउने पहिलो नाम हो, ‘सेल्फी एक्स्पर्ट’ ओप्पो एफवान एस । बजारमा उपलब्ध अन्य फोनका तुलनामा ओप्पो एफवान एसमा के छ त ? जसले यसलाई सेल्फी एक्स्पर्टको पहिचान दिलायो ।
यसरी पायो ‘सेल्फी एक्स्पर्ट’को पहिचान:
पहिले त ओप्पोले क्यामेराको सवालमा बजारको चलन बिपरित आफ्नो उत्पादन प्रस्तुत गर्यो । ओप्पोले एफवान एसमा सेल्फीका लागि १६ मेगापिक्सल र रियरमा १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध गरायो । धेरैको सोच विपरित यसले बजारमा उल्लेख्य चर्चाका साथै सफलतापनि पायो । उपभोक्तालाई तिनको चाहना अनुसार फोनमै उत्कृष्ट सेल्फी क्यामेरा उपलब्ध गराउनु कम्पनीको उद्देश्य हो । साथै, कम्पनीले फोनको रियर क्यामेरामा पनि उत्तिकै मिहेतन गरेको छ । फोनमा उपलब्ध रियर क्यामेराले पनि आकर्षक र उच्च गुणस्तरको जीवन्त तस्विर खिच्ने क्षमता राख्छ ।
आफ्नो सेल्फी सर्वोत्कृष्ट होस् भन्ने चाहाना सबैको हुन्छ । यही चाहना पुरा गर्न सघाउने सोचका साथ ‘सेल्फी एक्स्पर्ट एफवान एस’बाट उत्कृष्ट तस्विरका लागि १० साधारण उपाय यहाँ प्रस्तुत गरिएका छन् । सेल्फी एक्स्पर्टमा आधारित भएर लेखिएको भएतापनि बजारमा उपलब्ध अधिकांश स्मार्टफोनका लागि यी उपाय उपयोगी रहेका छन् ।
१. क्यामेरा एङ्गलको छनोट :
आफ्नो शिरलाई दायाँ र बायाँ ढल्काएर फोनको स्त्रिmनमा हेर्नु होस् । अधिकांश मानिसका लागि तस्विर लिँदा यी दुई मध्य कुनै एक भाग बढी आकर्षक हुनेे गर्छ । साथै, सिधा र स्थिर अवस्थमा उभ्भिए खिचिएका तस्विरका तुलनमा आफ्नो उत्कृष्ट पाटोमा ढल्किएर खिचिएका तस्विर आकर्षकपनि देखिन्छन् ।
२. काँधको समायोजन
सेल्फी लिँदा काँधलाई क्यामेरासँग समानान्तरमा नराखी हल्का दायाँ वाबायाँ ढल्काउनु होस् । हेर्नुहोस् तपाईँका लागि कुन एङ्गल बढी आकर्षक हुन्छ । तस्विरमा आफ्नो राम्रो एङ्गल फेला पार्नका लागि यो उपाय निकै सहयोगी प्रमाणित हुने विशेषज्ञहरु बताउँछन् ।
३. प्रकाशको सही उपयोग
सेल्फीका लागि सके सम्म पर्याप्त प्राकृतिक प्रकाश उपलब्ध स्थानको छनोट गर्नुहोस् । कोठा भित्र भएमा यसका लागि झ्याल नजिक र बाहिर भएमा खुल्ला स्थान उपयुक्त हुन्छ । तस्विरलाई थप आकर्षक देखाउन पृष्ठभूमि अर्थात् ब्याकग्राउण्डको पनि उल्लेख्य भुमिका हुन्छ । तसर्थ, ब्याकग्राउण्ड छनोटमा पनि विशेष ध्यान दिनु आवश्यक छ । विशेषज्ञहरुका अनुसार तस्विर खिच्नका लागि दिनको २ घण्टा विशेष महत्वपूर्ण हुन्छ । सूर्योदय भन्दा एक घण्टा पछाडी र सूर्यास्त भन्दा १ घण्टा अगाडीको यो समयलाई ‘म्याजिक आवर’ पनि भनिन्छ । यो समयमा तस्विर खिच्दा प्रकाश समायोजन उत्कृष्ट हुने विशेषज्ञहरु बताउँछन् ।
४. तस्विरमा नयाँपन दिने प्रयास
नयाँ चश्मा, नयाँ मफ्लर वा अन्य नयाँ सामग्रीको प्रयोग गर्दै सेल्फी लिएर तस्विरलाई अझ आकर्षक बनाउन सकिन्छ । तस्विरलाई थप आकर्षक देखाउन तिनमा प|mेमको प्रयोगपनि गर्न सकिन्छ । आफ्ना पाल्तु जनावर उदाहरणका लागि कूकूर, विरालो लगायतसँग पनि आफ्ना तस्विर पोष्ट गर्न सकिन्छ ।
५.केही रोचक गर्नुहोस्:
साधारण समयमा खिचिएका तस्विरका तुलनमा विशेष अवसरमा खिचिएका तस्विरहरु रोचक देखिनु स्वभाविक हो । बञ्जी जम्प, हाइकिङ, ट्रेकिङ, साइक्लिङ लगायत क्रियाकलापमा संलग्न तस्विर मानिसहरु विशेष रुचिका साथ हेर्ने गर्छन् । यस्ता क्रियाकलापमा संलग्न तस्विर पोष्ट गर्दा तस्विरमा धेरै लाइक्स तथा भ्यू प्राप्त हुन्छ ।
६. ‘एक्सेसराइज’
एक्सेसरिजको प्रयोगले सेल्फीलाई आकर्षक र पृथक देखाउन सकिन्छ । तसर्थ, सेल्फी लिँदा ह्याट, विग, सन ग्लास लगायतको प्रयोग गर्न नहिच्किचाउनु होस् ।
७. मुहारको भाव
तस्विरमा प्रस्तुत गरिएको भावले सेल्फीलाई आकर्षक बनाउन महत्वपूर्ण भुमिका खेल्छ । त्यसैले, सेल्फीमा मुस्कुराएको, ठूस्स परेको, जोरले हाँसेको लगायत भाव प्रस्तुत गर्नु राम्रो हुन्छ ।
८. पूर्णकदको सेल्फी
पूरै शरिर देखिने ऐनाको प्रयोग गरी पूर्णकदको सेल्फी लिन सकिन्छ । यस्तो सेल्फी लिँदापनि आफ्नो शरिरलाई सिधा नभइ केही दायाँ वा बायाँ मोडेर लिनु राम्रो हुन्छ । सिधा खिचिएका सेल्फीका तुलनामा यसरी खिचिएका सेल्फी बढी आकर्षक तथा रोचक देखिन्छन् ।
९. सटर रिलिज
अधिकांश मानिस एकै हातले मोबाइल समाएर सेल्फी खिच्ने गर्छन् । पूरानो चलन भएतापनि यसो गर्नु भने निकै कठिन हुने गर्छ । यसरी खिच्दा हातलाई स्थिर राख्न नसकेमा तस्विर धमिलिने सम्भावनापनि उत्तिकै हुन्छ । ओप्पो एफवान एसमा यही कुरालाई दृष्टिगत गर्दै सटर रिलिजका लागि विभिन्न उपायहरु उपलब्ध गरिएका छन् । उदाहरणका लागि यसमा रहेको पाम सटरले हत्केला क्यामेरामा देखाएकै भरमा तस्विर क्लिक गर्छ । यसो गर्दा सटर दबाउने झञ्झट नरहने भएकाले सजिलै ‘सेक फ्री ‘ तस्विर लिन सकिन्छ । फोनमा यसका साथै, टाइमर लगायत अन्य सुविधापनि उपलब्ध रहेका छन् ।
१० दोहोरो चिउँदो (डबल चिन) लुकाउन
स्वभाविक रुपमा आफ्ना सेल्फीमा जवान देखिनु सबैको चाहना हुन्छ । तसर्थ, सेल्फीमा आफ्नो दोहोरो चिउँदो ‘डबल चिन’ नदेखियोस् भन्ने सबैको चाहना हुन्छ । यसका लागि पनि एउटा सहज उपाय उपलब्ध रहेको छ । आफ्ना तस्विरबाट दोहोर चिउँदो हटाउन तथा चिउँदोलाई थप आकर्षक देखाउनका लागि आफ्नो घाँटी अगाडी टन्काउन सकिन्छ । झट्ट सुन्दा र गर्दा केही हाँसो उठ्दो लागेतापनि डबल चिन हटाउनका लागि यो उपाय निकै उपयोगी छ । साथै, यसरी तस्विर खिच्दा क्यामेराको कोण केही माथी भए अझ राम्रो नतिजा प्राप्त गर्न सकिन्छ । आफ्नो शारिरीक उचाइभन्दा केही माथि क्यामेरा राखेर लेन्समा हेरी तस्विर खिच्दा अझ राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।
फोन लोकप्रिय हुनुका अन्य कारण:
क्यामेराका साथै फोनमा रहेका अन्य फिचर्स तथा विशेषतापनि उत्तिकै अत्याधुनिक तथा आकर्षक छन् । कम्पनीले ओप्पो एफवान एसको लोकपि्रयतालाई ध्यानमा राख्दै भरखरै परिस्कृत एफवान एस बजारमा उपलब्ध गराएको छ । यसमा कम्पनीले ४ जीबी र्याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । यसले गर्दा प्रयोगकर्ताले विना चिन्ता आफ्नो फोनमा आवश्यता अनुसार मनपर्ने एप ईन्ष्टल गरी प्रयोग गर्न सक्छन् । कम्पनीले फोनमा फ्ल्यास फिङ्गरपि्रन्ट अनलक लगायत आजको आवश्यकता अनुसार अन्य अत्याधुनिक सुविधाहरु पनि उपलब्ध गराएको छ । साथै, एफवान एसले ‘फोर जी नेटवर्क’पनि सपोर्ट गर्छ ।







प्रतिक्रिया 4