+
+
Shares

दीपिका र रणवीरको ‘पद्यमावती’ सेटमा पेट्रोल बम हानियो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २ गते १३:४५


निर्देशक संजय लिला भन्सालीका लागि चलचित्र ‘पद्यमावती’को सुटिङ सक्नु फलामको चिउरा चपाए जस्तै भएको छ । यो चलचित्रको छायांकनका क्रममा थुप्रै अवरोधको सामना गर्नु परिरहेको छ ।

केहि हप्ता अगाडि राजस्थानमा करणी सेनाले चलचित्रको बिषयवस्तुमाथि आपत्ती जनाउँदै छायांकन सेटमै पुगेर निर्देशक भन्सालीमाथि हातपात गरेका थिए । साथै, सेटका सामान पनि तोडफोड गरिएको थियो ।

अब, महाराष्ट्रको कोल्हापुरमा चलचित्रको सेटमा आगजनी गरिएको छ । मंगलबार राती ४०-५० जनाको समुहले सेटमा आगजनी गरेको हो ।
सेटमा सुरुवातमा तोडफोड गरिएको र त्यसपछि पेट्रोल बम हानिएको थियो । सेट पुरै जलेर खरानी भएको छ । यो घटनापछि चलचित्रको छायांकन रोकिएको छ ।

दीपिका पादुकोण शिर्ष भूमिकामा रहेको यो चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य भूमिकामा छन् । चलचित्रको रिलिज डेट नोभेम्बरलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?