Comments Add Comment

डीआईजी नवराज सिलवाललाई पक्राउ गरिएकोमा एमालेको आपत्ति

११ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई गैरकानुनी र अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले स्थायी कमिटी बैठक बसिरहेकै बेला सिलवाल पक्राउ परेको खबर आएपछि बैठकमा उनको गिरफ्तारीका विषयमा पनि छलफल भएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।

प्रहरी प्रशासनलाई थप विवादमा ल्याउने र सुरक्षा निकायमा चलखेल गर्ने षड्यन्त्र अनुरुप सिलवाललाई गिरफ्तार गरिएको आरोप एमालेले लगाएको छ । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै सचिव भट्टराईले भने, ‘नेपाल प्रहरीको उच्च तहमा पुगेको अधिकृतलाई गैरकानुनी रुपमा छापामार शैलीमा पक्राउ गर्ने कुरा भत्र्सनायोग्य छ । आफ्ना वकिलसँग कानुनी सल्लाह लिइरहेका बेला अपमानजनक ढंगले गरिएको गिरफ्तारीप्रति एमाले गम्भिर भएको छ ।’

सर्बोच्च अदालतमा मुद्दा बिचाराधीन रहेको अवस्थामा डीआईजीलाई पक्राउ गरेर सरकारले प्रहरी प्रशासनमा धु्रविकरण गराउन खोजेको आरोप एमालेले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment