११ वैशाख, काठमाडौं । नेपाल प्रहरीले डीआईजी नवराज सिलवाललाई बयान लिएर छाडेको छ । तर, सर्वोच्च अदालतमा भने उपस्थित गराइएन ।
प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । उनका कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए ।
डीआईजी सिलवाललाई हेडक्वाटर लगेर उनीमाथि लागेको अभियोग जानकारी दिनुका साथै बयान लिइएको छ, जसको भिडियो रेकर्ड समेत गरिएको छ ।
सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘बयान लिन ल्याइएको थियो । बयान सकेर उहाँको घरमा छाड्न पठाइएको छ ।’
सिलवाललाई सर्वोच्च भने लगिएन
छानविन टोलीले सिलवालसँग बयान लिइरहेका बेला सर्वोच्च अदालतमा भने बन्दीप्रत्यक्षीकरणको रिटमा बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा सोमबार नै रिहा गर्न आदेश पनि दियो ।
तर, प्रहरीले उनलाई अदालत लगेन । वरिष्ठ अधिवक्ता थापा हेडक्वाटरबाट सिधै सर्वोच्च अदालत आएका थिए । उनले भने, ‘म आफ्नो गाडीमा आएँ, उहाँ प्रहरी भ्यानमा हुनुहुन्थ्यो तर, सर्वोच्चमा ल्याइएन ।’
लोकतन्त्रको खिल्ली उडाइयो
प्रहरी नियन्त्रणबाट छुटेपछि सिलवाल स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका छन् । साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिलवालले आफूलाई विना कारढा र पक्राउ पूर्जी पक्राउ गरिएको बताए ।
उनले भने, म जोसाग लडिरहेको छु, उसैले पक्राउ गरेको छ । लोकतन्त्रको खिल्ली उडाइएको छ ।’
भिडियोः
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4