Comments Add Comment

अनमोलसँगै पर्दा शेयर गर्न चाहन्छिन् साम्राज्ञी


नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो । यो चलचित्रमा अनमोललाई हेर्न गएका उनका फ्यानहरु साम्राज्ञीलाई पनि मन पराएर हलबाट फर्किए ।

यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि सुरु हुनेछ । यता, अनमोलको ‘ड्रिम्स’पछि ‘गाजलु’ मात्र रिलिज भएको छ । चलचित्र रिलिज भएको करिब एक बर्षपछि अनमोल नयाँ चलचित्र ‘कृ’को छायांकनमा व्यस्त छन् ।

तर, नेपाली चलचित्रका दर्शक अनमोल र साम्राज्ञीको जोडीलाई पर्दामा फेरि पनि हेर्न चाहन्छन् । यो कुरा स्वयंम नायिका साम्राज्ञीलाई पनि महशुश भएको छ । उनले केही नायकहरुसँग पर्दा शेयर गरेपछि आफूलाई फेरि अनमोलसँग नै काम गर्न मन लागेको बताएकी छिन् ।

साम्राज्ञी भन्छिन्-‘मलाई कोही नयाँ कलाकार भन्दा पनि फेरि अनमोलसँग नै काम गर्न मन छ । दर्शकले मेरा तस्बिरमा तपाई र अनमोल कहिले पर्दामा आउने भनेर कमेन्ट गरिरहनुहुन्छ । यसैले, फेरि अनमोलसँग नै काम गर्न मन छ ।’
अनमोल आफ्ना हरेक चलचित्रमा नयाँ-नयाँ नायिकासँग काम गरिरहेका छन् । के उनले फेरि साम्राज्ञीसँग पर्दा शेयर गर्लान् त ? यो भने प्रतिक्षाकै बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment