Comments Add Comment

जापानः मानवीय संवेदनाहीन विकसित देश

बिहानको मौसममा चिसो हावा चलिरहेको थियो मानिसहरु रातिको काम सकेर फर्किने क्रम चलिरहेको थियो । बिहानीको कामको लागि दौडधुप पनि उस्तै चलिरहेको थियो । त्यस्तै दौडधुपमा म पनि काम सकेर घर फर्किदै थिए ।

बिहानको त्यस्तै ५ बजेको थियो होला रेल स्टेशन तिर म लम्कदै थिए । अचानक त्यस बेला एकजना रेलको टिकेट काटिरहेको एक ब्यक्ति खै किन हो एक्कासी भुइमा पछारिएर लड्यो । केही छिनमै रगत छाद्न सुरु गर्योे । शरीर काम्न थाल्यो अनि बेहोस् भयो । सारै डर लाग्दो दृश्य थियो ।

मान्छेहरुको आवातजावत निक्कै बढिरहेको थियो । तर, कोही कसैले लडिरहेको त्यो ब्यक्तिलाई उठाउने प्रयास गरेन ।

यतिसम्म की धेरैले हेर्ने चेस्टा पनि गरेनन् घटालाई बेवास्ता गर्दै आफ्नो गन्तब्यमा दौडिरहे । केही समय पछि २-४ जना ब्यक्तिले भने केही सहयोग गर्न नजिक गए । तर, यहाँको नियमले गर्दा उनीहरु पनि उठाउन अनि पानी खुवाउनबाट हच्किन बाध्य भए ।

लगभग ४-५ मिनेट बितिसकेको थियो । उनीहरुले एम्बुलेनसलाई फोन गर्न लागे । कोहीले रेलको गार्डलाई बोलाउन गए । विदेशी भएको कारण म पनि लाचार बनेर केही सहयोग गर्न चाहेर पनि गर्न सकिन । केहीछिन पछी नजिकैको पुलिस आइपुगे । अनि छानबिन अनि सोधपुछ गर्न लागे ।

तर, पनि पानी खुवाएर ब्यूँझाउने कोसिस भने उनीहरुले पनि गरेनन् । एम्बुलेन्स पनि आइपुग्यो अनि अस्पताल लगेर गए । अनि फेरि सुनसान रहृयो । यो दृश्य म एक नेपाली भएको नाताले सारै मन थाम्न नसक्ने दयनिय दृश्य थियो । यो दृष्यले मलाई एउटा लेख नलेखी बस्न मनले दिएन । मैले आफूले आफैलाई नेपाली भएकोमा धन्य ठाने अनी मन गर्वले फुलेर आयो ।

यदि यही घटना नेपालमा हुँदो हो त कतिजनाले सहयोग गर्थे ती अनि कति मानिसहरु त्यस ठाउँमा झुम्मिन्थे । साँच्चै नेपालमा जस्तो मानवीयता विदेशमा रहेनछ । माया,दयाको भावना कत्ति पनि रहेनछ भन्ने कुरा यो घटनाबाट मैले यतिबेला थाहा पाए । मानवीयताको लागि नेपाली भएरै जन्मनु पर्दाेरहेछ ।

लेखकः टीकाराम गौतम, हाल टोकीयो, जापान 

सायद यो विश्वकै बिकसित देश र साह्रै ब्यस्त भएर पनि होला । यहाँ कोही कसैले कसैको पनि वास्तासम्म गर्दैनन् र वास्ता गर्ने फुर्सद पनि हुदैन । यतिसम्म कि आफ्नो छोराछोरीकोसम्म पनि वास्ता गर्ने गर्दैनन् । तर, ब्यस्त भन्दैमा मानवताको हिसाबले कोही आपत्बिपतमा पर्दा सहयोग गर्नु मानिसको कर्तब्य अनि विवेक हो जस्तो लाग्छ ।

यस हिसाबले आफ्नो देश नेपाल धेरै माथि, राम्रो लाग्छ । सायद विदेश जहाँसुकै गएपनि नेपालमा जत्तिको मानवीयता पाइन्न होला । मायाममता पनि छैन होला । विदेश अति ब्यस्त भएर अनि एक्लो एक्लो जिउने चलन भएर पनि यस्तो हुन सक्छ । जे होस् मानवीयता भनेको आबश्यक भने पक्कै छ भन्दा अत्युक्ति नहोला ।

नेपालमा मानवीयता नभए अहिलेसम्म कति गरिब नेपालीको ज्यान गैसक्थ्यो होला हामी सजिलै अनुमान लाउन सक्छौ । गरीबीले धेरै जनताहरु भोकभोकै मर्नुपर्दथ्यो होला । किनकी नेपालको धेरै ठाँउमा किनेर खाना चाहँदा पनि खाद्यान्न अभाव छ । कयौं नेपालीहरु त्यो किन्न सक्ने हैसियतमा पनि छैनन् । यदि मैले प्रत्यक्ष देखेको घटना जस्तै हुन्थ्यो त नेपालमा कतिले ज्यान गुमाईसक्थे होलान ।

अब निकट भविष्यमा नेपाल पनि विकसित सँगसँगै ब्यस्त हुँदै जाने निश्चित छ । यसरी जापान जस्तै ब्यस्त भएपनि नेपालमा पनि मानवीयता परिवर्तन नहुन सक्छ । तर, ब्यस्तताका कारण यस्तै स्थिती हुन सक्ने कुरालाई भने नकार्न सकिन्न ।

जेहोस नेपाल दया, माया, ममताहरुले भरपूर देश भएकोमा हामीले यसमा गर्व गर्नुपर्छ । अनि हाम्रो यो मानवीयतालाई विश्वमाझ चिनाउनु पर्छ । जय देश जय मानवीयता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment