२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलका लागि सत्ता साझेदार माओवादी केन्द्रलाई प्राथमिकता दिएको छ । तर, यसबारे स्थानीय तहमै अनुकुलताका आधारमा निर्णय गर्ने नीति कांग्रेसले अघि सारेको छ ।
कांग्रेसले पहिलो चरणको चुनाव हुने प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमा खासगरी माओवादी केन्द्रसँग कांग्रेसले तालमेल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता रमेश लेखकले भने, ‘अहिले खासगरी माओवादी केन्द्रसँग एलाइन्स भाको छ । पार्टीको स्थानीय संयन्त्रले आवश्यकता अनुसार निर्णय गर्न सक्ने हाम्रो नीति छ । त्यसअनुसार पार्टीका निकायहरुले निर्णय गरिराखेका छन् । पार्टीका स्थानीय निकायहरु योबारेमा क्रियाशील छन् ।’
चुनाव प्रचार-प्रसार समितिका संयोजक समेत रहेका नेता लेखकले तालमेलबारे पार्टीमा अहिले पनि आन्तरिक छलफल भइरहेको जानकारी दिए ।
कांग्रेसले हाल मकवानपुर, धादिङ, दोलखा, म्याग्दी र बाग्लुङमा तालमेल गरेको छ ।
याे पनि पढ्नुस्
भरतपुर महानगरकाे मेयर प्रचण्डपुत्रीलाई छाड्न कांग्रेसले मानेन
प्रतिक्रिया 4