Comments Add Comment

१८ वाणिज्य बैंकको नाफा ३७ प्रतिशत बढ्यो, १० को अर्बमाथिको नाफा

२४ बैशाख, काठमाडौं । चालु आवको पहिलो त्रैमाशमा १८ वाणिज्य बैंकहरुको कुल नाफा ३६.६९ प्रतिशतले वृद्धि भएर २२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नाफा रकमको आधारमा नबिल बैंक सबैभन्दा अगाडि छ । बैंकको २ अर्ब ६८ करोड नाफा रहेको छ । प्रतिशतका आधारमा प्रभु बैंक सबैभन्दा अगाडी छ । बैंकको नाफा ९० प्रतिशतले बढेको छ ।

१० को नाफा अर्ब माथि

मर्जर लगायतको कारण बनिबनाउ व्यवसाय समेत पाउन थालेका बैंकहरुको नाफामा उच्च वृद्धि देखिएको छ । १० वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । नबिल जस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि २ अर्ब माथि छ । कृषि बिकास, एभरेष्ट, ग्लोबल आइएमइ, प्रभु, एनएमबी, एनआइसी एशिया, नेपाल एसबिआई, माछापुच्र्छे बैंकको नाफा अर्ब माथि छ ।

निक्षेप २२ प्रतिशत बढ्दा कर्जा ३१ प्रतिशत

बैंकहरुको निक्षेप २२ प्रतिशतले बढेर १३ खर्ब ३५ अर्ब संकलन भएको छ । त्यस्तै, कर्जा ३०.९८ प्रतिशतले बढेर ११ खर्ब ४२ अर्ब पुगेको छ । फागुनसम्ममा नै सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको निक्षेप कुल गाहस्र्थ उत्पादन बराबर पुगिसकेको छ । यद्यपी लगानीमा आक्रामक बनेका बैंकहरुसँग रहेको कर्जा योग्य लगानीको लागि पुँजी अभाव देखिदै आएको छ । राष्ट्र बैंकले हाल उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत रकम सीसीडी रेसियो (निक्षेप तथा कोर पुँजीको तुलनामा कर्जा) गणनामा प्रयोग गर्न नपर्ने भएको छ ।

बैंकहरुको कर्जा र निक्षेपको मात्र (सीडी रेसियो) अनुपात भने ८५.४९ प्रतिशत छ । राष्ट्र बैंकको सहुलियतपछि पनि बैंकहरु थप कर्जा दिन ‘टाइट’ अवस्थामा देखिन थालेका छन् । बैंकहरु अनुसार सीसीडी रेसियो भने ६७ देखि ७९ सम्म रहेको वित्तीय विवरणबाट देखिन्छ ।

बैंकहरुको घरजग्गा कर्जामा ३२ प्रतिशत, सेयर धितोमा कर्जा ३० प्रतिशत, ओभरड्राफ्ट कर्जा २३ प्रतिशत र अन्य शिर्षकको कर्जा ५३ प्रतिशतले वृद्धि भएको छ ।

नाफाको २२ प्रतिशत बराबर खराब कर्जा असुली

बैंकहरुको नाफा रकमको २२ प्रतिशत बराबर हिस्सा खराब कर्जा असुलीबाट आएको देखिन्छ । २२ अर्ब नाफा कमाउँदा यी बैंकहरुले ४ अर्ब रुपैयाँ असुल गरेका छन् । प्रभु एक्लैको खराब कर्जा असुली नाफा बराबर (१ अर्ब माथि) छ ।

व्यावसायमा ३३ प्रतिशत वृद्धि

बैंकहरुको मुल व्यावसायबाट भएको आम्दानी (खुद ब्याज आम्दानी) ३४.४१ प्रतिशतले बढेर ३९ अर्ब पुगेको छ । बैंकहरुको फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य सञ्चालन आम्दानीमा पनि १० देखि ३४ प्रतिशत वृद्धि छ । यी शिर्षकबाट मात्रै बैंकहरुले १२ अर्ब २० करोड कमाएका छन् ।

बैंकहरुको चुक्ता पुँजी ४७ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ भने सञ्चिती ३० प्रतिशत बढेर ६५ अर्ब भएको छ । बैंकहरुको सेयरमा प्रतिफल १३ प्रतिशतदेखि ३० प्रतिशतसम्म रहेको छ ।

बैंकको कर्मचारी खर्च २४ प्रतिशत बढेर ९ अर्ब ९४ करोड पुगेको छ भने अन्य सञ्चालन खर्च करिब २६ प्रतिशत बढेर ७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

बैंकहरुको खुद ब्याज आम्दानी (रु हजारमा)

बैंक चैत २०७२ चैत २०७३ %
कृषि बिकास                               3,634,674          5,151,590 41.73
नबिल                               3,036,273          4,081,821 34.43
नेपाल इन्भेष्टमेन्ट                               2,700,822          3,478,181 28.7
एभरेष्ट                               2,165,611          2,674,963 23.5
ग्लोबल आइएमई                               2,070,281          2,656,631 28.3
नेपाल एसबीआई                               1,739,284          2,195,704 26.2
प्रभु                               1,222,244          1,951,678 59.6
बीओके                               1,078,655          1,937,398 79.6
सिद्धार्थ                               1,339,864          1,869,418 39.5
एनएमबी                               1,374,291          1,856,718 35.1
एनआइसी एशिया                               1,376,694          1,842,558 33.8
माछापुर्छे                               1,310,622          1,751,611 33.6
सानिमा                               1,208,621          1,652,964 36.7
सनराइज                               1,020,547          1,613,909 58.1
प्राइम                               1,115,468          1,315,546 17.9
सिटिजन्स                               1,160,144          1,254,818 8.16
लक्ष्मि                                   897,930          1,173,215 30.6
नेपाल बंगलादेश                                   971,767          1,089,470 12.1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment