
३० वैशाख, रौतहट । रौतहटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मौलापुर गाउँपालिका को पथराबुधराममा भएको सो दुर्घटनामा परी मौलापुर ३ मर्यादपुरका मुकेश कुमार पटेलको मृत्यु भएको हो । विपरीत दिशाबाट आइरहेका दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताए ।
बन्कुल बजारबाट मौलापुर तर्फ गइरहेको बा २८ प ५८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना १३ प ११३५ नम्बरको मोटरसाइल पथराबुधराममा ठोक्किदा कटहरीया १ का रामजी यादव र फतुवा बिजयपुर गाउँपालिका पेटभर्वाका हरिन्द्र यादव गम्भीर घाइते भएका छन् । दुबैजना घाइतेको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।
तीव्र गति र घुमाउरो मोडका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4