१४ जेठ, काठमाडौं । प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन÷अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ । तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन ।
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयर (गोमा एयर) ले सञ्चालन गर्दै आएको चेक रिपब्लिक निर्मित एलइटी ४१० जहाज दुर्घटनाले फेरि एकपटक प्राविधिक, उड्डयन प्राधिकरण र विमान सञ्चालकमाथि प्रश्न उठाएको छ ।
करिब २ हजार ८ सय ४५ मिटर उचाइमा रहेको लुक्ला विमानस्थल इन्जिनियरिङको नमूना भए पनि नागरिक उड्डयनका हिसाबले अत्यन्तै चुनौतीपूर्ण मध्ये एकमा पर्छ ।
उड्डयन क्षेत्रका जानकारहरुका अनुसार, लुक्ला रन्वे अप्रोच गर्नुअघि खाल्डो जमिन भएर त्यहाँ पुग्नुपर्छ । तर, मौसमी प्रतिकूलता र स्थानीय स्तरमा बन्ने बादलले तत्कालै भिजिबिलिटी खत्तम हुने भएका कारण लो अप्रोचमा दूधकोसी किनारैकिनार आउने जहाज दुर्घटनामा पर्नसक्ने सम्भावना बढी हुन्छ ।
समिट एयरको हकमा पनि यही अवस्था आएको हुनसक्ने प्रारम्भिक अनुमान यस क्षेत्रका विज्ञ चालकको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया 4