Comments Add Comment

विल्सनको ‘रातो घर’सँग वन सर्टमा खिचिएको ‘जालो’ रिलिज


शुक्रबारबाट रिलिज भएको चलचित्र ‘रातो घर’ले बुधबार आयोजना भएको पि्रमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । वुधबार पाएको प्रतिक्रियाका कारण यसको निर्माणपक्ष उत्साहित छ । आजबाट रिलिज भएको यो चलचित्रले ग्याङ फाइट र झापाको कथालाई उठान गरेको छ ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, भानुप्रताप, मेनुका प्रधानको मुख्य भूमिका छ ।

‘झकास झापाली’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रसँगै आजबाट वन सर्टमै खिचिएको चलचित्र ‘जालो’ पनि रिलिज भएको छ । अराज केशवको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रले भने वन सर्टमै ४ घन्टाको चलचित्र खिचिएको भन्दै ‘गिनिज बुक’मा नाम लेखाउने तयारी समेत गरेको छ ।

मोहित मुनालले समेत निर्माणमा सहकार्य गरेको चलचित्रमा रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, निर शाह लगायतका कलाकारको मुख्य भूमिका छ । निर्माणपक्षका अनुसार देशभरका ५० बढी हलमा यो चलचित्र रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment