हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’को जन्मदिन भोली हो । तर, उनको जन्मदिनको सेलिव्रेशन भने आजबाट नै सुरु भएको छ । काठमाण्डौमा रहेको रेडियो अडियोले आयोजना गरेको उनको जन्मदिन सेलिव्रेशनमा चलचित्र ‘छक्का पन्जा २’को टिम उपस्थित थियो ।
जितुले केक काटेर पहिले आफ्नी श्रीमतिलाई खुवाए । उनको जन्मदिन सेलिव्रेशनमा निर्देशक दीपाश्री निरौला, कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का लगायत उपस्थित थिए ।
उनीहरुले जितुलाई जन्मदिनको शुभकामना दिएका थिए । जन्मदिनको केक काट्ने कार्यक्रममा स्वस्तिमा, बर्षा निकै खुशी देखिएका थिए । चलचित्र ‘छक्का पन्जा २’को छायांकन पनि आजैबाट सकिएको छ । यसैले पनि यसको टिमले खुलेर जन्मदिन सेलिव्रेशन गर्न पाएको थियो । तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4