
४ असार, नवलपरासी । राष्ट्रिय जनता पार्टी (राजपा) का नवलपरासीका संयोजकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आइतबार राजपाका जिल्ला संयोजक पुरण चौधरीसहित अन्य २ जना कार्यकर्ता पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए ।
यही असार १४ गते हुने स्थानीय चुनावको बिरोधमा शनिबार नवलपरासमिा आयोजना गरिएको कार्यक्रममा तोडफोडमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शनिबार नै राजपाका १९ जना कार्यकर्ताहरु पक्राउ गरेको थियो ।
बिरोध कार्यक्रममा राजपाका कार्यकर्ताहरु तोडफोडमा उत्रिएपछि शनिबार प्रहरीसंग झडपसमेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4