+
+
Shares

ताप्लेजुङ र तेह्रथुममा कांग्रेसका २ उम्मेदवार निर्बिरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ६ गते १४:४६

६ असार, ताप्लेजुङ । ताप्लेजुङ र तेह्रथुम जिल्लामा कांग्रेसका २ जना उम्मेदवार सर्बसम्मत भएका छन् ।

दोस्रो चरणको स्थानीय तहको चुनावमा अरुको उम्मेदवारी नै नपरेपछि २ जना सदस्यहरु निर्बिरोध भएका हुन् ।

ताप्लेजुङ्को मिक्वाखोला गाउँपालिका-३, लिवाङको दलित सदस्य पदमा लछिमाया विश्वकर्मा निर्बिरोध भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१, पौठाकमा पनि कांग्रेसबाट दलित सदस्यमा उम्मेदवारी दिएकी विजुलीमाया शङ्कर निर्बिरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?