Comments Add Comment

सुर्खेतमा प्रदेशस्तरीय मल्टिच्याम्बर शीत भण्डार निर्माण हुने

१२ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश नं. ६ स्तरीय मल्टिच्याप्टर शीत भण्डार निर्माण हुने भएको छ ।

यहाँको वीरेन्द्रनगर नगरपालिका-१२ मा रहेको औद्योगिक क्षेत्रमा शीत भण्डार स्थापना गरिने भएको हो ।

उच्च मुल्य कृषि बस्तु विकास आयोजनाको अनुदान सहयोग र कर्णाली कोल्ड चैन लजिष्टिक प्रालीको सह लगानीमा निर्माण हुन लागेको मल्टि च्याम्बर शित भण्डारको सोमबार शिलान्यास गरिएको हो ।

शीतभण्डार गृहको सोमबार वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्ऽ भारीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सुर्खेतसहित प्रदेश नम्बर-६ का किसानहरुले उत्पादन गरेका कृषि वस्तुहरुसँगै फलफूललाई भण्डारण गर्ने उद्देश्यले १२ करोड लागतमा शीत भण्डार गृह बन्ने भएको हो ।

मल्टिच्याम्बर शीत भण्डारमा आयोजनाको ५ करोड र अन्य लगानीकर्ताको ७ करोड लागत रकम रहेको छ ।

शीत भण्डार गृह निर्माण भएपछि प्रदेशमा उत्पादन हुने मौसमी कृषि उपजहरुलाई भण्डारण गरी बेमौसमी सिजनमा बिक्री गर्न सहयोग पुग्ने अपेक्षा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीको छ ।

जिल्लामा आवश्यकतालाई महसुश गरी किसान र उपभोक्ताहरुको लागि शित भण्डार निर्माण गर्न लागिएको कणर्ाली कोल्ड चैन लजिष्टिक प्रालीका सञ्चालक समेत रहनुभएका संघका अध्यक्ष अधिकारीले बताए ।

८ रोपनी क्षेत्रफलमा निर्माण शीत भण्डार निर्माण हुनेछ । शीत भण्डार निर्माण भएपछि स्याउ, आलु, अदुवा, केरा र अन्य फलफुलहरुलाई राखिने अधिकारीको भनाइ छ ।

प्रदेशका उत्पादक र उपभोक्तालाई ध्यानमा राखि भण्डार गृह निर्माण गर्न संघले लामो समयदेखि कसरत गरेको थियो ।

शीत भण्डार निर्माण भएपछि किसानहरुले उत्पादन गरेका बस्तु भण्डारणमा देखिएको समस्याको समाधान हुने अध्यक्ष अधिकारीको भनाइ छ ।

६ नम्बर प्रदेशको मुख्य बजार केन्द्रका रुपमा रहेको वीरेन्ऽनगरमा शीत भण्डार निर्माण भएपछि तरकारी र फलफूलको खेती गर्ने व्यावसायिक कृषकले आफ्ना कृषि उपजको भण्डारणमा सहजता हुनेछ ।

भण्डार गृहको ठूलो समस्या भोगिरहेका यस क्षेत्रका किसानहरुले भण्डार गृह निर्माण भएपछि फलफूल र तरकारीको व्यावसायीकरणले फड्को मार्ने अपेक्षा गरेका छन् ।

यसअघि स्थानीय कृषकले कोहलपुरमा रहेको शीत भण्डार गृहमा पुर्‍याउनुपर्ने समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment