Comments Add Comment

व्यायामपछि के गर्ने, के नगर्ने ? जान्नैपर्ने कुरा

संभावित रोगको संक्रमणबाट बच्न र शरीरलाई चुस्त, फुर्तिलो राख्न आवश्यक छ, ब्यायम । भनिन्छ, नियमित ब्यायम गर्नेले चिकित्सककहाँ पुग्नै पर्दैन । यद्यपी मशल्स बनाउने चक्करमा मात्र ब्यायम गर्नु हुँदैन । समग्र शरीरलाई सुगठित, तन्दुरुस्त राख्नका लागि ब्यायम गर्नुपर्छ । ब्यायम गरेपछि के गर्ने के नगर्ने भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ ।

१. स्ट्रेच गरौं

ब्यायमबाट त्यसबेला बढी लाभ लिन सकिन्छ, जब ब्यायम पछि स्ट्रेच गरिन्छ । ब्यायम सकिएपछि आफ्ना मसल्सको स्ट्रेच गर्नुपर्छ । मसल्स रिकभरको लागि मात्र होइन, लचिलोपनको लागि पनि यो उपयोगी हुन्छ । मांशपेशी बलियो हुन्छ । त्यसैले नियमित ब्यायम गर्नुहुन्छ भने ब्यायम पछि स्ट्रेच गर्न नभुलौ ।

२. कार्डियो धेरै नगरौं

व्यायामपछि यदि २० देखि ३० मिनेटसम्म कार्डियो व्यायाम गर्नुहुन्छ भने खासै फरक पर्दैन । तर, त्यो भन्दा बढी समय कार्डियो गर्नुहुन्छ भने तपाईलाई शारीरिक र हर्मोनल समस्या हुनसक्छ । बडी वेट र कार्डियो व्यायाममा ५ घण्टाको अन्तर राख्नुपर्छ ।

३. खाली पेट नवस्ने

ब्यायम अघि नै शरीरलाई सन्तुलित भोजनको आवश्यक्ता हुन्छ । खाली पेट ब्यायम गर्दा शरीर छिटै थाक्छ । व्यायामपछि शरीरमा मसल्स र सेल्स मर्मत गर्नका लागि पौष्टिक आहार एकदमै आवश्यक हुन्छ । सबैभन्दा बढी आवश्यक्ता अमिनो एसिड र कार्बोहाइड्रेटको हुन्छ । व्यायाम गरिसकेपछि १५-२० मिनेट भन्दा बढी समय खाली पेट बस्नुहुन्न । खाली पेट बस्दा केहि एसिड पैदा हुन्छ, जसले शरीरमा समस्या निम्त्याउँछ ।

४. आरम आवश्यक

निन्द्रा हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । तर, ब्यायम लगत्तै सुत्नु हुँदैन । यद्यपी आरम भने गर्नुपर्छ । ब्यायमपछि मसल्स र नर्भस सिस्टम रिकभर गर्नका लागि कम्तीमा एक घण्टा आरम गर्नुपर्छ । थोरै समय बस्ने र पौष्टिक खानेकुरा सेवन गर्ने । यदि आरम गर्ने फुर्सद भएन भने भार उठाउने काम नगरौ

५. ओभर ब्यायम

ब्यायम गर्नु राम्रो हो । तर, बढी ब्यायम गर्नु हुन्न । कति व्यक्ति अत्याधिक ब्यायम गर्छन् । यसले शरीरमा थकान हुनका साथै मसल्स क्षतिग्रस्त हुने संभावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment