Comments Add Comment

संविधानसभा निर्वाचनमा लडेका नेता वडाध्यक्षमा पराजित !


२४ असार, काठमाडौं । इलाममा स्थानीय तहको दोस्रो चरण निर्वाचनको सबै मत परिणाम आइसकेको छ । बीस वर्षपछि भएको निर्वाचनमा राजनीतिक दलले सक्रिय रुपमा उम्मेदवारी दिएका थिए । जिल्लामा जम्मा ५२५ जनप्रतिनिधि चुन्नका लागि एक हजार ५ सय ९३ ले उम्मेदवारी दिएका थिए । यसक्रममा संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुले समेत स्थानीय तहको वडाध्यक्ष र मेयरमा उम्मेदवारी दिएका थिए ।

संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएका दुई जनाले पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा र एकजनाले इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । इलाम नगरपालिका–१२ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदावर बनेकी सोममाया राई सिन्धु र संघीय समाजवादी फोरमका तर्फबाट सन्दकपुर ४ को वडाध्यक्षमा उम्मेदवारी दिएका ढालबहादुर गुरुङ सम्मानजनक मत ल्याए पनि पराजित भए ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सोममाया राई सिन्धुले स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिका–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा तेस्रो स्थान प्राप्त गरिन् । योभन्दा अघि राईले पहिलो संविधानसभाको चुनावमा इलाम क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा माओवादीबाट उम्मेदवारी दिएकी थिइन् । त्यस क्षेत्रबाट कुलबहादुर गुरुङले जितेका थिए । राईले निर्वाचन हारे पनि जनताको काममा सक्रिय भएर लाग्ने बताएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

त्यस्तै दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका ढालबहादुर गुरुङले सन्दकपुर गाउँपालिका–४ को वडाध्यक्षमा उम्मेदवारी दिए पनि पराजित भए । उनी संघीय समाजवादी फोरमको तर्फबाट उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment