+
+
Shares

प्रहरी बढुवा सिफारीसविरुद्ध परेका उजुरी खारेज

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १६ गते १७:२३

१६ साउन, काठमाडौं । नेपाल प्रहरीको बढुवा सिफारीसविरुद्ध परेका उजुरीहरु खारेज भएपछि बढुवा गर्ने बाटो खुलेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्वको उजुरी सुन्ने समितिको बैठकले बढुवाविरुद्ध परेका सबै उजुरीहरु खारेज गरेको हो । लोकसेवा आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाले अनलाइनखबरसँग भने, ‘उजुरी सुन्दा उजुरीमा कुनै परिवर्तन भएन । जस्ताको तस्तै गयो भनेर अध्यक्ष ज्यूले भन्नुभएको छ ।’

नेपाल प्रहरीको एआईजी, डिआईजी र एसएसपी बढुवा सिफारिसविरुद्ध तीन जनाको उजुरी परेको थियो । बढुवा गर्दा आफूहरुलाई अन्याय भएको भन्दै डिआइजी मधु पुडासैनी, एसएसपी सुभाष चौधरी र एसपी विभूतिराज पाण्डेले उजुरी गरेका थिए । उजुरी उपर कुनै कारबाही नभएपछि बढुवा सिफारिस कार्यान्वयनको बाटो खुलेको छ ।

नेपाल प्रहरीले ११ जना डिआइजी, १५ जना एसएसपी, २५ जना एसपी, ३५ जना डिएसपी र ९४ जना इन्सपेक्टरलाई हालै बढुवा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?