+
+
Shares

‘फिटनेश सेन्टर’ उद्घाटनमा आर्यन र पूजा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते ११:१२


काठमाण्डौको बनस्थलीमा निर्माता हरि महत्तले ‘आइसल्याण्ड स्पा एन्ड फिटनेश सेन्टर’ संचालनमा ल्याएका छन् । नायिका पूजा शर्मा र नायक आर्यन सिग्देलले एक कार्यक्रमकाविच फिटनेश सेन्टरको उद्घाटन गरेका थिए ।

हरिले चलचित्र ‘आइ एम सरी र पुन्टे परेड’ निर्माण गरेका थिए । उनले २५ लाखको लगानीमा बनस्थली वरिपरी बसोबास गर्ने मानिसलाई लक्षित गर्दै फिटनेश सेन्टर संचालन गरेको बताएका छन् ।

नायक आर्यनले स्पाको उद्घाटन गर्दै काठमाण्डौको बसाइ अनुसार अहिले हरेक मानिसमा फिटनेश आवश्यक रहेको बताए । यस्तै, नायिका पूजा शर्माले आफू सधै फिट हुनका लागि खानपान र नियमित व्यायममा ध्यान दिने गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?