Comments Add Comment

सौराहाका अधिकांश होटल डुबानमा, ६ सय पर्यटक प्रभावित

२९ साउन, चितवन । अविरल वर्षाका कारण चितवनको पर्यटकीय स्थल सौराहाका अधिकांश होटल डुबानमा परेका छन् । सौराहमा पर्यटकलाई लक्षित गरेर सञ्चालमा आएका १ सय १० होटल डुबानमा परेका हुन् ।

डुबानका कारण चितवन घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । सौराह क्षेत्रमा करीब ६ सय पर्यटक रहेको अनुमान गरिएको छ ।

होटलको ग्राउण्ड फ्लोर डुबानमा परेका छन् । पर्यटकहरुलाई दोस्रो तलामा राखिरहेको होटल अर्गनाइजेशनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । उनले भने, ‘जुन होटलहरु एक तलाका छन्, त्यहाँ रहेका पर्यटकहरुलाई अन्य होटलमा स्थानान्तरण गरेर सुरक्षित राखिएको छ ।’

सौराहा जोड्ने सडकहरु जलमग्न भएका कारण आवत-जावत गर्न पनि कठिनाई भएको छ । पानी कम भएपछि पर्यटकलाई स्थानान्तरण गरिने घिमिरेले बताए ।

तस्वीरः देवेन्द्र गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment