+
+

मैदा यसकारण हानिकारक, कसरी बन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २३ गते १७:५५

मैदा, जसलाई मन्द विष भनिन्छ । यो हाम्रो भान्समा अनियन्त्रित प्रयोग हुन्छ । हाम्रा धेरैजसो परिकार यस्ता छन्, जसमा मैदा नै मैदा हुन्छ । मम, चाउमिन, चाउचाउ, विस्कुट, ब्रेड, रोटी सबै मैदाजन्य हुन् । मैदा स्वादिलो र वहुउपयोगी त हुन्छ, तर स्वस्थ्यका लागि एकदमै हानिकारक पनि । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउनेहरुले मैदाजन्य पदार्थ छाड्नैपर्छ ।

मैदा कसरी बन्छ ?

मैदा पनि आटाकै कच्चा पदार्थ गहुँबाट बन्छ । तर, मैदा बन्ने प्रक्रिया यस्तो हुन्छ, जसले त्यसमा रहेको पोषक तत्व पूर्णत नष्ट गर्छ ।

मैदा बनाउनका लागि गहुँलाई राम्ररी धोइन्छ । यसको बोक्रा पूर्ण रुपले हटाइन्छ । यसमा केहि रसायन हालिन्छ, जसले मैदालाई सेतो एवं सफा देखाउँछ । अब, यसलाई मिहिन बन्नेगरी पिसिन्छ । गहुँमा रहेको फाइबर नष्ट हुन्छ । यहि कारण मैदा हानिकारक हुन्छ ।

उदेगलाग्दो त के भने, मैदा बनाउन प्रयोग गरिने बेन्जोइल पेरोअक्साइड नामक रसायन एकदमै अस्वस्थ्यकर मानिन्छ, जसले क्यान्सर समेत निम्त्याउँन सक्छ । चीन र युरोपको केहि देशमा उक्त रसायन प्रतिवन्धित छ, तर हामीकहाँ यसैको मिश्रणयुक्त मैदा बढी सेवन गरिन्छ ।

मैदाको सेवन गर्दा के हुन्छ

मैदा बनाउने प्रक्रियामा यसबाट फाइबर अलग गराइन्छ । यसरी पूर्णत फाइबर नभएको मैदा वा मैदाजन्य पदार्थ सेवन गर्दा पाचन यन्त्रलाई पचाउन गाह्रो हुन्छ । राम्ररी नपच्ने भएकाले यसको कति अंश आन्द्रामा टाँसिएर बस्छ, यसैले कतिपय रोग निम्त्याउँछ ।

के छ अरु हानी ?

शरीरको प्रतिरोधात्मक क्षमता घटाउँछ- मैदाजन्य परिकार सेवन गर्दा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यहि कारण सानोतिनो रोगले पनि गाँज्न सक्छ । मैदाजन्य पदार्थ सेवन गर्दा पटक पटक बिमार हुने भय रहन्छ ।

मुटु र जोनीको समस्या

मैदाजन्य खानेकुराले ब्लड शुगर लेभल बढ्छ । यसले रगतमा ग्लुकोज जम्न थाल्छ । नतिजा, शरीरमा रसायनिक प्रतिक्रिया हुन्छ । यहि कारण मुटुको समस्या वा जोनीको समस्या आउन सक्छ ।

पेटमा असर

पेटको लागि सबैभन्दा प्रतिकुल खानेकुरा हो, मैदा वा मैदाबाट बनेको परिकार । मैदामा फाइबर नहुने भएकाले यो पेटको लागि एकदमै हानिकारक हुन्छ । यसले कब्जियत लगायतको समस्या आउन सक्छ ।

मधुमेहको समस्या

मैदाको सेवनले ब्लड सुगर लेभल तुरुन्तै बढ्छ । यसमा ग्लाईसेमिक इन्डेक्सन अधिक मात्रामा हुन्छ, जसले मधुमेह हुने खतरा बढाउँछ ।

मोटोपन बढाउँछ

मैदाजन्य पदार्थ खाने व्यक्तिको स्वतः मोटोपन बढ्छ । त्यतीमात्र होइन, यसको अधिक सेवनले शरीरमा कोलोस्ट्रोल लेभल बढ्छ ।

हड्डी कमजोर बनाउँने

मैदा बनाउने क्रममा यसमा रहेको प्रोटिन नष्ट हुन्छ र यो एसिडिक हुन्छ । यसले हड्डीको क्याल्सियम लिन्छ । यहि कारण हड्डी कमजोर हुन्छ ।

फुड एलर्जीको खतरा

मैदामा ग्लुटन पाइन्छ, जसले फूड एलर्जी पैदा गर्छ । मैदा मुलायम र लचिलो हुनुको कारण यसमा ग्लूटन बढी हुनु नै हो । तर, यसले फूड एलर्जी पैदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?