+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

उपमहानगरको पहिलो नतिजा एमालेको पक्षमा, पौडेल बने जितपुर सिमराको मेयर

कृष्ण सिग्देल कृष्ण सिग्देल
२०७४ असोज ८ गते ७:१५


८ असोज, सिमरा । प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मुलुकको कान्छो उपमहानगरपालिका भनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४८६५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत पाए ।
उपमेयरमा एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धामा रहेकी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरिन् । त्रिपक्षीय प्रतिस्पर्धामा रहेका माओवादीका मेयर उम्मेदवार राजन पौडेलले ११ हजार २४८ प्राप्त गरेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिकाको विजयसँगै बारामा एमालेले जितको खाता खोलेको छ । बाराको अर्को उपमहानगरपालिका कलैया र कोल्बी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?