Comments Add Comment

सिमरा बिमानस्थलमा अत्याधुनिक एक्सरे मेसिन जडान

२४ असोज, बारा । बाराको जितपुरसिमरामा रहेको सिमरा बिमानस्थलमा मंगलबार एक्सरे मेसिन जडान गरिएको छ ।

सिमराको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले सिमरा बिमानस्थलमा अत्याधुनिक प्रबिधिको यात्रुको सामान जाँच गर्ने एक्सरे मेसिनको स्थापन गरेको हो ।

मेसिनको औपचारिक उद्घाटन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले बारा लगाएत छिमेकी जिल्लाहरु र भारतीय यात्रुहरुको बढी आवागमन हुने यस बिमानस्लमा प्रबिधियुक्त एक्सरे मेसिन जडानले हवाई सुरक्षामा महत्वपूर्ण उपलब्धी भएको बताए ।

उनले सिमरा बिमानस्थल पछिल्लो समय बारा सहित ५ जिल्लाहरुको र भारतीय नागरिकका लागी राजधानी पुग्ने सजिलो गन्तब्यका रुपमा रहेको बताउँदै नागरिक सेवामा थप बिकास र बिस्तार गरिरहेको बताए ।

त्यस्तै बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले सिमरा बिमानस्थलले पछिल्लो समय यात्रुहरुलाई थप सुबिधामा बिस्तार गरिरहेको बताए ।

भारतबाट आउने पर्यटकहरु काठमाडौं जान स्थलमार्गमा बिभिन्न कठिनाई बेहोर्नुपर्ने हुँदा हवाईमार्गका लागि सिमरा विमानस्थल प्रयोग गर्न थाले पछि बिमानस्थलमा यात्रुको चाप दैनिक बढ्दै गएको छ ।

पछिल्लो समय भारतीय यात्रुले सिमरा विमानस्थलको प्रयोग बढी गर्ने गरेका छन् ।

अब सो मेसिन जडानले यात्रुका सामान खोलखाल नगरी सजिलै परीक्षण गर्न सकिने र जाँचमा चुस्त दुरुस्त हुने भएको छ ।

बिमानस्थल प्रमुख हिराजन काफ्लेले पछिल्लो समय यस बिमानस्थललाई थप ब्यवस्थित गर्दै लगिएको बताए ।

अहिले सिमराबाट राजधानीका लागि रात्री उडानसमेत गर्ने गरिएको भन्दै बुद्ध एयर बाहेक अन्य निजी बिमान कम्पनीहरुले भने सिमरामा उडान भर्न समस्या देखाइरहेको गुनासो गरे ।

अहिले सिमरा बिमानस्थलले बुद्ध एयरका साना ठूला गरी ६ देखि  ९ वटा सम्म उडान भर्ने गरेको प्रमुख काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment